बच्चा जन्मेपछि बलात्कार मुद्दामा एक जना पक्राउ

Author Logo..
अनलाइन राप्ती २०७९ असोज ४ गते मङ्गलवार

दाङ : ईलाका प्रहरी कार्यालय तुलसीपुरले बच्चा जन्मेपछि बलात्कार मुद्दामा एक पुरुष पक्राउ गरेको छ । पक्राउ पर्नेमा तुलसीपुर उपमहानगरपालिका– १२ बनकट्टी निबासी ५० बर्षका नन्दलाल कवँर रहेको ईलाका प्रहरी कार्यालय तुलसीपुरका डिएसपी पुष्पराज मल्लले जानकारी दिए । बच्चा जन्मेको ९ दिनपछि सोमबार प्रहरीमा उजुरी परेपछि प्रहरीले कवँरलाई पक्राउ गरेको हो । । आरोपीले २०७८ माघ २७ गते राति आफ्नै नाता पर्ने १६ बर्षकी किशोरीलाई घरमा बलात्कार गरेको उजुरीमा उल्लेख छ । बलात्कार पछि किशोरीले गएको भदौ २५ गते राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा बच्चा जन्माएकी थिइन् । आइतबार बलात्कारको उजुरी परेपछि प्रहरीले उनलाई पक्राउ गरेको हो । ‘आफन्त भएकाले मिलाउन धेरै प्रयास गरेको देखिन्छ । गर्भ फाल्ने सम्भावना नभएपछि पुरुषलाई जिम्मा लगाउँन खोज्दा समेत पुरुषले नमानेपछि घटना बाहिर आएको हो । यति ढिलो हुनु अशिक्षा पनि हो ।’ डिएसपी मल्लले भने ।७ महिनामै बच्चाको जन्म भएकाले उनको आइसीयूमा राखेर उपचार भइरहेको प्रहरीले बताएको छ । पक्राउ परेका आरोपी विरुद्ध जबरजस्ती करणी सम्बन्धी मुद्धामा म्याद थप गरेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार