दाङमा १५३ मतदान स्थल, ४६५ मतदान केन्द्र

Author Logo..
अनलाइन राप्ती २०७९ असोज ४ गते मङ्गलवार

दाङ : प्रदेश निर्वाचन कार्यालय लुम्बिनी प्रदेश दाङले आगामी मंसिर ४ गते हुने प्रतिनिधि तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि दाङमा १५३ मतदान स्थल तोकेको छ । प्रदेश निर्वाचन कार्यालय दाङकाअनुसार १५३ मतदान स्थलमा ४६५ मतदान केन्द्र तोकिएको छ । दाङमा क्षेत्र नम्बर १ को १ मा २४ वटा मतदान स्थल र ७८ वटा मतदानकेन्द्र कायम गरिएको छ । त्यसैगरी क्षेत्र नम्बर १ को २ मा २७ मतदान स्थल, ७४ मतदान केन्द्र, क्षेत्र नम्बर २ को १ मा २५ मतदान स्थल र ६८ मतदान केन्द्र, क्षेत्र नम्बर २ को २ मा २३ मतदान स्थल र ७८ मतदान केन्द्र तोकिएको प्रदेश निर्वाचन कार्यालय दाङले जनाएको छ । त्यसैगरी क्षेत्र नम्बर ३ को १ मा २१ मतदान स्थल, ७४ मतदान केन्द्र, क्षेत्र नम्बर ३ को २ मा ३३ मतदान स्थल र ९३ वटा मतदान केन्द्र कायम भएको छ ।आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि दाङमा मंसिर ३ गतेसम्म १८ वर्ष उमेर पूरा हुने मतदाताको संख्या ४ लाख बढी रहेको छ । प्रदेश निर्वाचन कार्यालय लुम्बिनी प्रदेश कार्यालय दाङको तथ्याङक अनुसार दाङमा ४ लाख १४ हजार ९५६ जना मतदाता रहेका छन् । जसमध्ये २ लाख ३ हजार ९०८ पुरुष, २ लाख ११ हजार ४६ जना महिलाहरु र अन्य दुई जना मतदाता छन् ।दाङ क्षेत्र नम्बर १ को १ मा ७० हजार २६७ मतदाता मध्ये ३५ हजार ३७९ पुरुष र ३४ हजार ८८७ जना महिला रहेका छन् । त्यस्तै क्षेत्र नम्बर १ को २ मा पुरुष ३२ हजार २६२, महिला ३२ हजार २०४ जना गरी ६४ हजार ४६६ जना मतदाता रहेको प्रदेश निर्वाचन कार्यालय दाङले जनाएको छ । त्यसैगरी क्षेत्र नम्बर २ को १ मा पुरुष ३० हजार ५५३, महिला ३२ हजार ७६९ गरी ६३ हजार ३ सय २२ जना, क्षेत्र नम्बर २ को २ मा ३४ हजार ४१ पुरुष र ३६ हजार ३८५ महिला गरी ७० हजार ४२६ मतदाता छन् । त्यस्तै क्षेत्र नम्बर ३ को १ मा ३२ हजार १६६ पुरुष र ३४ हजार ३२० महिला गरी ६६ हजार ४८६, र क्षेत्र नम्बर ३ को २ मा ३९ हजार ५०७ पुरुष र ४० हजार ४८१ महिला गरी ७९ हजार ९८९ मतदाता छन् ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार