बंगलादेशले जित्यो साफ महिला च्याम्पियनसिपको उपाधि

Author Logo..
अनलाइन राप्ती २०७९ असोज ३ गते सोमवार

काठमाडौं : साफ महिला च्याम्पियनसिपको उपाधि बंगलादेशसँगले जितेको छ। दशरथ रंगशालामा भएको फाइनलमा बंगलादेशले नेपाललाई ३-१ गोल अन्तरले हरायो। बंगलादेशले यो उपाधि पहिलो पटक जित्न सफल भयो।

पहिलो हाफमै २ गोल खाएर पछि परेको नेपालले खेलको ७२ औं मिनेटमा एक गोल गरेर खेलमा फर्किने आशा देखाए पनि ७३ औं मिनेटमा अर्को गोल खायो।

वर्षाले प्रभावित खेलमा नेपालका लागि एक मात्र गोल अनिता बस्नेतले गरिन्।

पहिलो खेलमा भुटानलाई ४-० ले हराएको नेपालले दोस्रो खेलमा श्रीलंकालाई ६-० ले हराएको थियो। त्यस्तै तेस्रो खेलमा भारतलाई १-० ले हराउँदै नेपाल फाइनलमा पुगेको थियो।

यसअघिका पाँचै पटक भारतले यो उपाधि जितिसकेको छ। भारत पहिलो पटक फाइनलबाट बाहिरिन पुगेको हो। नेपालले भने सन् २०१६ मा पहिलो पटक फाइनल पुग्न पाएको थिएन। त्यतिबेला बंगलादेशले भारतविरुद्ध फाइनल खेल खेलेको थियो।

 

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार