तुलसीपुरमा चट्याङ लागेर एक महिला घाइते

Author Logo..
अनलाइन राप्ती २०७९ असोज ३ गते सोमवार

दाङ : तुलसीपुरमा चट्याङ लागेर एक महिला घाइते भएकी छन् । तुलसीपुर उपमहानगरपालिका-३ सातबास निवासी ५९ वर्षिय सौरी वली घाइते भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख  डीएसपी पुष्पराज मल्लले जानकारी दिए ।  वली घरमा बसीरहेको अवस्थामा सोमबार दिउँसो पौने २ बजेतिर चट्याङ लागेको थियो । घाईते वलीको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको छ । भने अहिले उनको अवस्था सामान्य रहेको अस्पताललाई उद्धत गर्दै प्रहरीले बताएको छ ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार