गणेशपुर पार्कमा प्रबेश गर्दा पत्रकारले रातो कार्ड वा महासंघको कार्ड देखाउनु पर्ने 

Author Logo..
अनलाइन राप्ती २०७९ असोज २ गते आइतवार

दाङ : राप्ती शान्ती उद्यान (गणेशपुर पार्क)ले पत्रकारलाई नि : शुल्क प्रवेशमा कडाई गरेको छ । पार्कमा प्रवेशका लागि अब सुचना विभागको रातो कार्ड वा नेपाल पत्रकार महासंघको कार्ड अनिवार्य हुनुपर्ने भएको छ ।

तुलसीपुर–७ गणेशपुरमा रहेको पार्कमा केहि दिन अघि पत्रकारको नाममा पार्ककै कर्मचारीमाथि दुव्र्यवहार भएको भन्दै पार्क व्यवस्थापन समितिले पत्रकारलाई निशुल्क प्रवेशमा नयाँ नियम लागु गरेको हो ।

पार्कका अध्यक्ष डिल्लीराज भण्डारीले आइतबार एक विज्ञप्ती जारी गरी अनलाईन संचारमाध्यममा आएजस्तो पत्रकारलाई पार्कका कर्मचारीले कुनै दुव्र्यवहार नगरेको उल्लेख गर्नुभएको छ । ‘समाचार बनाउनका लागि पत्रकारलाई निशुल्क प्रवेश गरेका छौँ, तर नेपाल पत्रकार महासंघ वा नेपाल सरकार सुचना विभागको कार्ड हुनुपर्छ ।’ विज्ञप्तीतमा भनिएको छ ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार