भारतलाई पराजित गर्दै नेपाल महिला साफ फाइनलमा

Author Logo..
अनलाइन राप्ती २०७९ भाद्र ३१ गते शुक्रवार

काठमाडौं : काठमाडौँमा जारी महिला साफ च्याम्पियनशिपको दोस्रो सेमिफाइनलमा नेपालले भारतलाई १-० गोलले पराजित गर्दै फाइनलमा पुगेको छ।  त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलको पहिलो हाफको इन्जुरी समयमा रश्मिकुमारी घिसिङले ​गरेको गोल नै नेपाललाई जिताउन पर्याप्त भयो।

रश्मिले भारतको गोलपोस्टमा दर्शनीय गोल गरेपछि नेपालले पहिलो हाफमा अग्रता लिएको थियो। भारत ५ पटकको साफ च्याम्पियन हो। हारसँगै भारत प्रतियोगिताबाट बाहिरिएको छ।

यसअघि आजै भएको पहिलो सेमिफाइनलमा बंगलादेशले भुटानलाई ८-० गोलले पराजित गर्दै फाइनल प्रवेश गरिसकेको छ। बंगलादेशको जितमा सबिना खातुनले ३ गोल गरिन्। जोहान सप्ना, श्रीमती सरकार, रितुपर्णा चक्मा, मसुरा प्रविण र थौरा खातुनले १/१ गोल गरे।  छैटौं संस्करणको महिला साफ च्याम्पियनसिपमा अब नेपालले सोमबार हुने फाइनलमा उपाधिका लागि बंगलादेशसँग खेल्नेछ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार