दाङ : शान्तिनगर गाउँपालिका ३ का ३८ बर्षीय हुम बहादुर परियार बिहीवार १२ दिनपछि कोरोना जितेर डिस्चार्ज भएका छन् । उनले कोरोना जित्छन् भन्ने आश न घरपरिवार र आफन्तीलाई लागेको थियो । न त चिकित्सक र स्वाथ्यकर्मीलाई नै लागेको थियो । तर उनले कोरोना जितेर नयाँ जीवन पाएपछि सबै खुशी भएका छन् । परियार दैनिकी मजदुरी गर्ने ब्यक्ति हुन् । उनलाई शुरुमा रुघाखोकी ज्वरो आयो । त्यसपछि उनी धेरै विरामी भएपछि तुलसीपुरको राप्ती प्रादेशिक अस्पतालमा उपचार गर्न आए । अस्पातलले उनलाई कोरोना शंका गरेपछि उपचार नगरी पीसीआर जाँच गर्न पठायो । त्यसपछि उनलाई एम्बुलेन्समा पीसिआर जाँचका लागि घोराही लगियो । त्यति बेला उनको अवस्था गम्भिर भइसकेको थियो । परियारको स्वाब पीसिआर परीक्षणका लागि दिएपछि उपचारको लागि कोरोना विशेष अस्पताल बेलझुण्डी लगियो । त्यहाँ पनि कोरोना पुष्टि नहुदाँ सम्म अस्पतालमा भर्ना गरिएन् । परियारका आफन्तीले त्यति बेला हार खाइसकेका बताउँछन् । ‘ आर्थिक अभावका कारण बाहिर लग्न पनि नसक्ने र कोरोना पुष्टि नहुदाँ सम्म अस्पतालमा भर्ना नहुदाँ आफुहरुले आश मारिसकेका थियौँ,’ उनका आफन्ती प्रेम परियारले भने ,‘ उहाँ बाच्नु हुन्छ, जस्तो लागेको थिएन् । प्रादेशिक अस्पतालमा लग्दा कोरोना हो भन्दै, पीसीआर परीक्षण गर्न पठायो ।
बेलझुण्डीमा लग्दा कोरोना पुष्टि नहुदाँ भर्ना नगर्ने भन्यो । विरामीको अवस्था निकै नाजुक थियो । ’ अब मेरे पनि बाचे पनि गाउँ मै भनेर गाउँपालिकाको सम्पर्क गरेर आइसोलेशनमा लगेका थियौँ । आज १२ दिनपछि कोरोना जितेर आउदाँ नयाँ जीवन पाउनु भएको छ । आज धेरै खुशी लागेको उनले बताए । हुम बहादुर संगै उनकी श्रीमती पवित्रालाई पनि कोरोना पुष्टि भएको थियो । श्रीमान विरामी भएपछि उपचार गर्न लैजादाँ आफुलाई पनि कोरोना संक्रमण भएको हुन सक्ने पवित्रालै बताइन् । तर, आज आफु दुबै जनाले कोरोना जीतेर घर आउन पाउँदा नयाँ जीवन पाए जस्तो लागेको समेत उनले बताइन् । ‘ हाम्रो आर्थिक अभाव निकै कम्जोर छ । त्यसपनि श्रीमानलाई यस्तो रोग लागे छ । उपचार गर्न लैजादाँ समेत कोरोना पुष्टि नहुदाँ सम्म अस्पतालमा भर्ना गरिएन् । बाच्नु होला जस्तो लागेको थिएन् । आज नयाँ जीवन पाएर आएका छौँ । हामीलाई बचाउने डाक्टर भगवान नै हुन् ।’ परियारलाई १२ दिन सम्म आइसोलेशनमा भर्ना उपचार गरेर ठिक भएपछि आफुहरुलाई पनि धेरै खुशी लागेको गाउँपालिकाका स्वास्थ्य संयोजक हरि पुनले बताए ।
उनका अनुसार परियारलाई १७ गते कोरोना पुष्टि भएको हो । उनले भने,‘ हुम बहादुरलाई आइसोलेशनमा ल्याउदाँ बाच्ने सम्भावना एक प्रतिशत मात्र देखेका थियौँ । अक्सिजनको मात्र ६० प्रतिशत मात्र थियो । हामीले मात्र नभइ घर परिवारले समेत माया मार्नु भएको थियो । तर, आज १२ दिनपछि कोरोना जितेर जानु भएको छ । आज धेरै खुशी लागेको छ । ’ अक्सिजन अभाव भएको बेला पनि यस्तो विरामीलाई बचाउन सकिन्छ भन्ने आफुहरुले कल्पना समेत नगरेको उनले बताए । उनलाई १० दिन सम्म अक्सिजन दिएर नै राखेको समेत उनले बताए । २ दिन सम्म अक्सिजन विना राखेर कुनै पनि समस्या नदेखिए पछि उनलाई र उनको श्रीमतीलाई बिहीवार डिस्चार्ज गरेको उनले बताए । उनले आइसोलेशनमा अक्सिजन मात्र नभइ अन्य स्वास्थ्य सामाग्रीहरु समेत पर्याप्त नभएको बताए । अक्सिजन अभावले गर्दा एउटा सिलिण्डरबाट २ जना विरामीहरुलाई दिदै आएका छौँ । अहिले पनि बाहिर रिफर गर्नु पर्ने विरामीहरु भएता पनि बेडहरु नहुदाँ आइसोलेशनमा राखेको उनले बताए । गाउँपालिकाले एक जना डाक्टरलाई करारमा ल्याएर आइसोलेशन संचालन गरिरहेको समेत उनको भनाइ छ । त्यस्तै बिहीवार गाउँपालिकामा १७ जना कोरोना जितेर डिस्चार्ज भएको उनले बताए । अहिले गाउँपालिकाका ७९ जना सक्रिय संक्रमितहरु रहेका छन् ।