सुशील बस्नेत
दाङ : कोरोना रोकथाम, नियन्त्रण र उपचारका लागि बेस नेपाल संस्था तुलसीपुरले घुम्ती शिबिर सुरु गरेको छ । डाक्टर राजीब झाँको नेतृत्वमा ६ सदस्यीय स्वास्थकर्मीको टोली गाउँ गाउँमा बिहीबार देखि खटिएको बेस नेपालका कार्यकारी निर्देशक चुर्णबहादुर चौधरीले जानकारी दिए । तुलसीपुर उपमहानगरपालिका १२ टरिगैमा घुम्ती शिबिरको उद्घाटन गर्दै पुर्बराज्यमन्त्री एवम प्रदेश सभासद्स्य डिल्ली बहादुर चौधरीले कोरोनाको भय त्रास र समुदायको लाजका कारण संक्रमणलाई लुकाएर राखेका ब्यक्ती र परिवारलाई घुम्ती शिबिरमा खटीएका स्वास्थकर्मीले मनोपरामर्श पनि दिन र प्रारम्भिक उपचार गर्ने बताए । बेस संस्थाका अध्यक्ष समेत रहेका चौधरीले भने,‘ स्थानीय सरकारलाई यो अवस्थामा हरेक क्षेत्रबाट सहयोगको खाँचो छ, स्थानीय सरकारसग समन्वयमा घुम्ती स्वास्थ शिबिर गाउँमा खटिएको हो ।’
स्वास्थकर्मी टोलीको नेतृत्व गरेका डाक्टर राजीब झाँले गाउँ बस्तीमा कोरोना पीडित ब्यक्तीले पिसिआर टेष्ट नगराउने र संक्रमण लुकाएर राख्दा झनै संक्रमनको भयाबह स्थिती आएको बताए । उनले भने,‘ ज्वरो नाप्ने थर्मल गन अक्सिजनको मात्रा चेक गर्ने अक्सोमिटर प्रयोग गर्ने र अवस्थाको बिश्लेषण गरि आवश्यक औषधि निशुल्क रुपमा उपलब्ध गराइने छ । ’ कोरोना संक्रमितको लक्षण देखिएका र आशंका लागेकालाई पिसिआर टेष्टका परामर्श दिइने डाक्टर झाँले बताए । उनका अनुसार बिहीबार पहिलो दिन २५ जनाको स्वास्थ जाँच गरिएको छ । कार्यक्रममा तुलसीपुर नगर स्तरीय मनोपरामर्श समुहका संयोजक सुशील बस्नेत र सदस्य सचिब निर्मल नेपालीले मनोपरामर्श र उपचार बिधिका बारेमा केही सुझाब दिएका थिए । बेस नेपालको बिहीबार देखि शुरु गरिएको घुम्ती शिबिरबाट पहिचान गरिएका बिरामीलाई एम्बुलेन्सबाट निशुल्क उद्दार गरि सम्बन्धि अस्पताल सम्म पु¥याउने ब्यबस्था गरिएको बेस नेपालले जनाएको छ ।