स्वास्थ्य उपचारमा ध्यान दिन पत्रकार महासंघ दाङ शाखाको अपिल

Author Logo..
अनलाइन राप्ती २०७८ बैशाख २९ गते बुधवार

दाङ : नेपाल पत्रकार महासंघ दाङ शाखाले कोरोना संक्रमित विरामीहरुको स्वास्थ्य उपचारलाई प्रभावकारी र व्यवस्थित बनाउन आग्रह गरेको छ । शाखा अध्यक्ष दुर्गालाल केसी र सचिव आरके सितलले प्रेस विज्ञप्ती जारी गदै कोरोना माहामारीका कारण दाङ पनि उच्च प्रभावित जिल्लाको सुचिमा परेको उल्लेख गरिएको छ । जिल्लामा दिनहुँ कोरोना संक्रमणदर बढेपछि अस्पतालमा अक्सिजन र वेड नपाएर बिरामीहरुले अकालमै ज्यान गुमाउनु परेको छ, वेड नपाएर फर्कनु पर्ने बाध्यता छ, कोरोना संक्रमित विरामीलाई सहज रुपमा अक्सिजन र उपचार पाउने वातावरण मिलाउन तीनै तहका सरकार, सांसद्, राजनीतिक दल र जिल्लास्थित सरकारी अधिकारीहरुलाई हामी हार्दिक अपिल गर्दछौ, जारी विज्ञप्तीमा भनिएको छ ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार