दाङ : लुम्बिनी प्रदेशका स्वास्थ्य तथा जनसंख्या मन्त्री भोजप्रसाद श्रेष्ठले सरकारको ध्यान कोभिड तिर नै भएको समेत दाबी गरे । आइतवार दाङको तुलसीपुरमा रिपोर्टर्स क्लब दाङ शाखाले गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले यस्तो बताए । उनले कोरोना नियन्त्रणका लागि प्रदेशभरका अस्पतालको स्तरोन्नती गरिरहेको समेत बताए । उनले मन्त्री श्रेष्ठले अक्सिजनको अभाव नहोस् भन्नका लागि प्रदेश सरकारले सबै अस्पतालमा अक्सिजन प्लान्ट स्थापनाका लागि प्रक्रिया अगाडी बढाइसकेको पनि बताए । उनले लकडाउनका कारण खान नपुग्नेहरुलाई प्रदेश र स्थानीय सरकारले जिम्मा लिनुपर्ने समेत बताए । लकडाउनको पूर्ण पालनाले मात्रै कोरोना नियन्त्रण हुन सक्ने उनको भनाइ थियो । उनले भने,‘ प्रदेशका विभिन्न जिल्लाहरुमा लकडाउन लागू भएको छ । तर, त्यो पूर्णरुपमा पालना भएको देखिदैन् । बजारमा अहिले पनि मानिसहरुको भिडभाड उस्तै छ । नागरिकहरुलाई खाने, कामको ब्यवस्था राज्यले गर्नुपर्छ । त्यो भए मात्र कोरोना न्युनिकरण हुन्छ ।’ त्यस्तै स्वास्थ्य मन्त्री श्रेष्ठले चिकित्सकहरुलाई सुरक्षाको अनुभुति दिलाउनका लागि प्रदेश सरकारले मातहतका निकायलाई जिम्मा दिइसकेको पनि बताए । त्यस्तै सरकारी अस्पतालले मात्रै संक्रमित विरामीलाई थेग्न नसक्ने भएकाले नीजी अस्पतालहरुलाई पनि परिचालन गर्नु पर्ने अवस्था आएको उनले बताए । सरकारी नीजि अस्पताललाई राज्यले समान ढंगले ब्यवहार गर्नु पर्ने भएकाले राज्यले अहिले त्यहि अनुसार काम गर्न लागेको समेत बताए । ‘ राज्यले सरकारी अस्पतालहरुमा एक सय प्रतिशत खर्च गरेको छ । तर, त्यो बालुवामा पानी हालेको जस्तै भएको छ ।
सरकारी अस्पतालमा ब्यवस्थापन फितलो छ । त्यसैले अब नीजि अस्पताललाई पनि साथ लिनुपर्छ । नीजि मेडिकल कलेजमा पढ्ने पनि नेपाली हुन् । मर्ने पनि नेपाली हुन् । सकारीमा पनि तिनै हुन् । ’ यसैगरी उनले नाकामा थप कडाई गर्न आबश्यक रहेको बताए । उनले अहिले नाकामा कडाई हुन नसकेको भन्दै यसले कोरोना न्यूनिकरणमा चुनौति थपेको बताए । उनले आफू अहिले प्रदेशका सबै कोरोना अस्पताल तथा आइसोलेशनहरुको अनुगमनका क्रममा जिल्ला–जिल्ला पुग्दा प्रभाबकारी काम भएको पाइएको समेत बताए । उनले प्रदेशमा स्वास्थ्यमा करिब ५७ करोड बजेट केन्द्रबाट मगाएको भन्दै यसले थप सहज हुने समेत बताए । उनका अनुसार अहिले पनि धेरै संक्रमित होम आइसोलेशनमा रहेको भन्दै उनीहरुलाई चिकित्सकले निगरानी राख्नुकासाथै नियमित अनुगमन गर्नुपर्ने समेत बताए । साथै अहिले प्रदेशमा पनि अक्सिजनको अभाब भने कायम रहेको उनको भनाइ छ । ‘ अहिले लुम्बिनीमा करिब ३५ सय अक्सिजन सिलिण्डर छ, त्यति मात्रै पर्याप्त छैन् । प्रदेशमा २१ सय सिलिण्डर अक्सिजन आपूर्ति गर्न सहज छ । २४ सय सिलिण्डर अक्सिजन बाहिरबाटै ल्याउनु पर्ने अबस्था छ । त्यो पनि सहज रुपमा पाइदैन्,’ उनले भने । नेपालगञ्जले केही सहज बनाएको भएपनि त्यतिले मात्रै नपुग्ने भएकाले सुनसरी, ईटहरीबाट ल्याउनुपर्ने अबस्था रहेको उनले बताए । अहिले घर–घरमा सिलिण्डर डम्प हुने र संक्रमितले अक्सिजन नपाउने अबस्था छ, यसलाई अन्त्य गरि घरमा रहेको सिलिण्डर अस्पतालमा ल्याउनु पर्ने समेत उनको भनाइ छ । त्यसैगरी फरक प्रसंगमा बोल्दै मन्त्री श्रेष्ठले कोरोना महामारीको समयमा प्रतिनिधिसभाको संसद विघटन हुनु भनेको परिस्थितिको विडम्वना भएको बताए । ‘ अहिले संसद विघटन भएर राज्यले कोरोना माहामारीको समयमा जुन खालको परिवेश भोग्नु परेको छ । त्यो परिस्थितिको विडम्वना भएको हो । यो भन्दा धेरै शब्द प्रयोग गर्न म चाहान्न,’ भने । त्यस्तै एमाले पार्टी फुट्न नहुने धारणा राख्नु राखे । उनले भने,‘ एमाले विभाजन हुनुहुदैन् । कहाँ निर कहिले एकिकृत सोच बन्छ । त्यो धैर्यता हामी सबैले राख्नु पर्छ । दलहरु फुट्नाले राष्ट्रमा अराजकता फैलिन सक्छ । धेरे च्याउ उम्रेका जस्ता दलहरु हुने त्यसप्रति मुल्य र मान्यता हुदैन् ।’
https://studio.youtube.com/video/Uev5RUVnkFE/edit