सभामुख सापकोटाले आज प्रमुख दलका शीर्ष नेताहरुसँग छलफल गर्दै

Author Logo..
अनलाइन राप्ती २०७८ जेष्ठ २८ गते शुक्रवार

काठमाडाैँ  :  सभामुख अग्निप्रसाद सापकोटाले प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली लगाएतका अन्य दलका शीर्ष नेतालाई बोलाएको बैठक आज बस्दैछ । सभामुख सापकोटाले समसामयिक विषयमा छलफल गर्न प्रमुख राजनीतिक दलका शीर्ष नेतासँग बोलाउनुभएको हो । छलफलमा सहभागिताका लागि भन्दै दलका प्रमुख नेताहरूलाई सभामुखले बुधबार नै पत्र पठाएका थिए । सभामुख सापकोटाका सञ्चारविज्ञ श्रीधर न्यौपानेका अनुसार बैठकमा प्रधानमन्त्री ओली, पूर्वप्रधानमन्त्रीहरू र संसदमा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलका नेतालाई बोलाइएको छ । बैठक आज अपराह्न संघीय संसद् भवन नयाँ बानेश्वरको ल्होत्से हलमा बस्ने तय भएको छ। छलफलमा प्रधानमन्त्री ओली जाने – नजाने अहिले निश्चित भइसकेको छैन । सापकोटाले यसअघि पूर्वसभामुखहरू र कानुन व्यवसायीहरूसँग सोत छलफल गरका थिए ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार