सकृय जनचेतना युवा क्लबले राहत बाँड्दै

Author Logo..
अनलाइन राप्ती २०७८ जेष्ठ २५ गते मङ्गलवार

दाङ : शान्तिनगर २ मा रहेको  सकृय जनचेतना युवा क्लबले दोस्रो चरणमा वडा नं. २ का २१ घरपरिवारलाई राहत वितरण गरेको छ । दोस्रो चरणको कोरोना महामारीले गर्दा जिल्लामा लकडाउन भएपछि दैनिक ज्याला मजदुरी गर्ने परिवारहरू समस्यामा परेपछि उनीहरूलाई राहत दिइएको क्लबका संयोजक सुनिल वलीले जानकारी दिए । यस अघि क्लबले सोही वडाका अति विपन्न  ३३ घरपरिवार राहत दिइएको थियो । विभिन्न व्यक्तिहरूबाट गरिएको सहयोग उनीहरूलाई दिइएको हो । त्यस्तै क्लबको पहलमा शान्तिनगर २ अमुवाका एक दमका बिरामीलाई निशुल्क उपचार समेत गरिएको राहत वितरणका अभियन्ता दिनेश केसीले जानकारी दिए ।

उनका अनुसार ति बिरामीलाई बाघमारेमा रहेको कृजल फार्मेसीले निशुल्क उपचार तथा औषधि दिइएको हो ।  त्यस्तै  क्लबले बाघमारे  स्वास्थ्य चौकीमा  कोरोना विरुद्धको खोप लगाउन आएकालाई माक्स र २ काटुन पानी बितरण गरेको अभियानका आर्थिक मनोज शर्माले  जानकारी दिए । साथै क्लबले यस अघि वडा कार्यालयमा सेवा लिन आएका नागरिक र तथा पैदलयात्रीहरूलाई समेत ५ सय पिस माक्स वितरण गरेको जनाएको छ । त्यस्तै यो अभियान निरन्तर जारी रहिरहने भएकाले यस अभियानमा सहयोग गर्न समेत शर्माले सबैलाई आग्रह गरेका छन् ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार