शिक्षा क्षेत्रको विकासका लागि सामाग्री प्रदान

Author Logo..
२०७६ माघ ९ गते बिहिवार

तिर्थराज ज्ञवाली, देउखुरी दाङ ।  राष्ट्रिय प्रारम्भीक कक्षा पढाई कार्यक्रमले राप्ती गाउँपालिकाको शिक्षा क्षेत्रमा थप सहजताको लागि शिक्षा शाखालाई ईलेक्ट्रक सामाग्री उपलब्ध गराएको छ । विहिवार एक कार्यक्रमको आयोजना गरि राप्ती गाउँपालिका अध्यक्ष नुमानन्द सुवेदिलाई राष्ट्रिय प्रारम्भीक कक्षा पढाई कार्यक्रमका जिल्ला संयोजक हल्लु प्रसाद चौधरीले सामाग्री हस्तान्तरण गरे ।

शिक्षा क्षेत्रमा उल्लेख्य काम गरेको र आगामी दिनमा कार्यमा थप सहज होस भनि दुई वटा हेवी ल्यापटप, एक वटा हेवि प्रिन्टर र एक वटा हेवी प्रोजेक्टर शिक्षा शाखालाई राष्ट्रिय प्रारम्भीक कक्षा पढाई कार्यक्रमले उपलब्ध गराएको हो । राप्ती गाउँपालिका अध्यक्ष नुमानन्द सुवेदि, उपाध्यक्ष जगदम्वा कुमारी चौधरी, प्रवक्ता विद्याशरण चौधरी, निमीत्त प्रमुख प्रशासकिय अधिकृत महेश अधिकारी, शिक्षा प्रमुख विश्वास विक, शिक्षा अधिकृत बासुदेव खनाल लगायतको सहभागीता रहेको सामाग्री हस्तान्तरण कार्यक्रममा सामाग्री उपलब्भ गराउने राष्ट्रिय प्रारम्भीक कक्षा पढाई कार्यक्रम लाई शिक्षा क्षेत्रमा साथ दिएकोमा धन्यवाद ज्ञापन गरिएको छ ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार