दाङ : शान्तिनगर गाउँपालिका शुक्रवार ६ जना नयाँ संक्रमित थपिएका छन्, भने ४ जना डिस्चार्ज भएका छन् । नयाँ थप संक्रमित मध्ये २ जनालाई पीसिआर परीक्षण गर्दा र ४ जना एन्टिजेन बिधिबाट पालिकामा परीक्षण गर्दा पुष्टि भएको हो । त्यस्तै गाउँपालिकामा थप २ जना संक्रमतिको मृत्यु भएको गाउँपालिकाका स्वास्थ्य संयोजक हरि पुनले जानकारी दिए । उनका अनुसार अहिले गाउँपालिकामा सक्रिय संक्रमित ६९ जना रहेका छन् । ति मध्ये ७ जना गाउँपालिकाले संचालन गरेको आइसोलशनमा रहेका छन् । त्यस्तै गाउँपालिका भित्र होम आइसोलेशनमा रहेका सबै सक्रिय संक्रमितहरूलाई कुनै समस्या भएमा चिकित्सकसंग सम्पर्क गर्न समेत उनले अनुरोध गरेका छन् । साथै यदि कसैलाई कोभिड १९ रोग लागेको शंका लागेमा धनौरी स्वास्थ्य चौकीमा सम्पर्क गर्न समेत संयोजक पुनले आग्रह गरेका छन् ।