दाङ : शान्तिनगर गाउँपालिकामा शुक्रवार थप ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । गाउँपालिकाका स्वास्थ्य संयोजक पुनका अनुसार ६ जनालाई पिसिआर परीक्षण गर्दा र एक जनालाई एन्टिजेन परीक्षण गर्दा कोरोना पुष्टि भएको हो । त्यस्तै शुक्रवार थप ५ जना कोरोना जितेर डिस्चार्ज भएको उनले बताए । हाल गाउँपालिकामा ५९ जना सक्रिय संक्रमित रहेका छन् । ति मध्ये ७ जना गाउँपालिकाले संचालन गरेको आइसोलेशनमा छन् । साथै उनले गाउँपालिका भित्र होम आइसोलेशनमा रहेका सबै सक्रिय संक्रमितहरूलाई कुनै समस्या भएमा चिकित्सकलाई सम्पर्क गर्न समेत अनुरोध गरेका छन् ।
अनलाइन राप्तिको युटुब च्यानल (Online Rapti) सब्सक्राइब गर्नुहोस् । हामी वास्तवीक, जानकारीमूलक र रोचक भिडियोहरु राख्ने गर्छौ ।
प्रतिक्रिया दिनुहोस