दाङ : शान्तिनगर गाउँपालिकामा सोमवार थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ति मध्ये ७ जनालाई पिसीआर गर्दा र २ जनालाई पालिकामा गरिएको एन्टिजेन बिधिबाट कोरोना पुष्टि भएको गाउँपालिकाका स्वास्थ्य संयोजक हरी पुनले जानकारी दिए । साथै ति मध्ये१ जनालाई स्वास्थ्य समस्या देखिएपछि उनलाई पालिकाको आइसोलेशनमा भर्ना गरिएको उनको भनाइ छ । अन्य संक्रमितहरुको अवस्था सामान्य रहेकोले सबैलाई चिकित्सकको सम्पर्कमा रहन गरी होम आइसोलेशनमा पठाइएको उनले जानकारी दिए । गाउँपालिका अहिले जम्मा सक्रिय संक्रमित संख्या ८२ जना पुगेको छ । अहिले गाउँपालिकाले संचालन गरेको आइसोलेशनमा भर्ना ६ जना छन् । त्यस्तै कोरोना संक्रमणबाट सोमवार थप एक जनाको मृत्यु भएको संयोजक पुनले जानकारी दिए । सोमवार पालिकामा ५ जनाको एन्टिजेन विधिबात परीक्षण गरेकोमा २ जनालाई कोरोना पुष्टि भएको थियो ।
त्यस्तै संयोजक पुनका अनुसार यहि बैशाख १ गते देखि हाल सम्मको गाउँपलिका ११४ जनामा कोरोना पुष्टि भएको छ । जस मध्ये ४४ जनालाई पीसीआर परीक्षण गर्दा र ७० जनालाई एन्टिजेन विधिबाट परीक्षण गर्दा कोरोना पुष्टि भएको हो । यसैगरी ३ जनाको मृत्यु भएको छ, भने ३३ जना निको भएर डिस्चार्ज भएको उनले जानकारी दिए । हाल सम्म पालिकाको आइसोलेशनमा बसेको संख्या १६ जना पुगेको छ । आइसोलेशनबाट निको भै डिस्चार्ज भएको संख्या ५ पुगेको छ । त्यस्तै हाल ६ उपचाररत रहेका छन्, भने अन्यलाई अन्यत्र रिफर गरिएको समेत उनले जानकारी दिए । त्यस्तै पुनले विरामीहरूको अबस्था ज्यादै नाजुक भएर रिफर गर्नुपर्ने अवस्थामा समेत बेडको अभाबका कारण रिफर गर्न नसकिएकोले सम्बन्धित निकाएलाई बेडको ब्यबस्थापन गरि रिफर प्रणाली सहज गराउन समेत आग्रह गरेका छन् । आइसोलेशन सेन्टरमा ा अक्सिजन सिलिन्डरको अभाब भए पछि एउटा सिलिन्डर र एउटै अक्सिफ्लोमिटर बाट २ जनालाई अक्सिजन दिइरहेको समेत उनल जानकारी दिए । । उनले भने, यो विधि सिलिन्डरको अभाब भएको ठाउँमा बिरामी बचाउने उत्तम बिकल्प हुन सक्छ ।’ साथै शान्तिनगर गाउँपालिका भित्र होम आइसोलेशनमा रहेका सबै सक्रिय संक्रमितहरूले कुनै समस्या भएमा चिकित्सकसंग सम्पर्क गर्न समेत आग्रह गरेका छन् ।