शान्तिनगरमा नेकपा क्रान्तिकारी माओवादीको विरोध सभा

Author Logo..
२०७६ माघ २६ गते आइतवार

शान्तिनगर ,  एमसीसी र भारतिय विस्तारबादको विरूद्धमा नेकपा क्रान्तिकारी माओवादीले पश्चिम दाङको शान्तिनगर ५ रगैंजामा विरोध सभा गरेको छ । विरोध सभामा राष्ट्रघाति एमसीसीलाई खारेज गर्नुपर्ने माग उनीहरुले गरेका थिए । एमसीसी नेपाल हितका लागि नभएको भन्दै राष्टवादी जनताहरू एकजुट हुनुपर्ने बताएका थिए । भारतले जारी गरेको आफ्नो नक्सामा नेपालको सिमाना मिचिदा पनि सरकार मौन बसेको उनीहरुले आरोप लगाएका थिए । नेपालको भु–भाग कालापानि, लिपुलेक, लिम्पिराधुरा सिमाना मिचिदा समेत सरकारले पहल कदमी चाल्न नसकेको भन्दै भारतिय विस्तारवादको चर्को विरोध गरेका थिए । विरोध सभामा नेकपा क्रान्तिकारी माओवादीका पोलिट व्युरो सदस्य तथा प्रदेश नं ५ का ईञ्चार्ज प्रेमराज सुवेदी लगाएले सम्वोधन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार