विश्व कीर्तिमानधारी संगीतकार श्रेष्ठलाई दाङमा सम्मान

Author Logo..
अनलाइन राप्ती २०७७ साउन १० गते शनिवार

दाङ : चलचित्र पत्रककार संघ नेपाल दाङ शाखाले विश्व कीर्तिमानधारी संगीतकार सन्तोष श्रेष्ठ लाई सम्मान गरेको छ । विश्वका १२ वटा भाषामा संगीत भरेर गिनिज बुक अफ वर्ल्ड रेकर्डमा नाम लेखाउन सफल श्रेष्ठलाई एक कार्यत्रmमको आयोजना गरि शनिवार सम्मान गरिएको हो ।
कार्यक्रममा बोल्दै प्रमुख अथिति सामुदायिक रेडियो प्रशारक संघ अकोरावका उपाअध्यक्ष अर्जुन गिरीले चलचित्र पत्रकार संघ दाङ शाखाले यसरी सृजनशिल व्यक्तिको पहिचान र सम्मान स्वरुप गर्ने यि कार्यक्रम निकै सराहनीय रहेको बताए । बिशिष्ट अथिति समेत रहेका कीर्तिमानधारी संगीतकार श्रेष्ठले यसरी सम्मान हुदाँ खुशी भएको भन्दै दाङ शाखालाई धन्यवाद दिए ।

कार्यक्रममा बोल्ने अधिकासँ अथितिहरुले संगीत प्राणी जगतको सर्वोत्तम कला भएको बताए । संगीतमा मात्रै हृदय स्पर्शीताको क्षमता हुने हुनाले नै आनन्द आउने उनीहरुको भनाइ थियो। दुःख, सुख, हाँसो, आँसु सवै किसिमको संवेग तथा परिस्थीतिमा त्यसैमा मेल खाने संगितको झन्कार मनमा भंmकृति भईरहने हुनाले नै संगीतको महत्व हुने र संगीतलाई भावना, मन भित्रको लय, र माधुर्यता मानिएको कार्यक्रममा सहभागि सर्जकहरुले बताएका थिए ।

कार्यक्रममा बिभिन्न सर्जक,संगितकार,पत्रकार लगाएतको सहभागिता रहेको थियो ।
चलचित्र पत्रकार संघ नेपाल दाङ शाखाका अध्यक्ष शिब पुनको अध्यक्षतामा भएको कार्यक्रममा शाखाका उपाध्यक्ष सन्तोष केसीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजिकरण सचिव पुर्ण केसीले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार