विश्वभर कोरोना संक्रमितको संख्या साढे ३५ लाख बढि

Author Logo..
अनलाइन राप्ती २०७७ बैशाख २२ गते सोमवार

काठमाडौं :  विश्वभर कोरोना संक्रमितको संख्या साढे ३५ लाख नाघेको छ।   वल्डोमिटरले सार्वजनिक पछिल्लो तथ्यांकअनुसार कुल ३५ लाख ६२ हजार ७ सय ५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

विश्भर मृत्यु हुनेको संख्या २ लाख ४८ हजार १ सय १६ पुगेको छ।  त्यस्तै विश्वमा एकै दिन ८१ हजार ३ सय ३० जना नयाँ संक्रमित फेला परेका छन्।  संक्रमितको संख्या अमेरिकामा सर्वाधिक छ। त्यहाँ ११ लाख ८७ हजार ५ सय १० जनामा संक्रमण पुष्टि भएको छ। अमेरिकामा ६८ हजार ५ सय ८१ जनाको ज्यान गएको छ।

पछिल्लो २४ घण्टामा अमेरिकामा १ हजार १ सय ३७ को ज्यान गएको तथ्यांक छ।  त्यस्तै, स्पेनमा २ लाख ४७ हजार १ सय २२ छन्। स्पेनमा अहिले सम्म २५ हजार २ सय ६४ जनाको ज्यान गएको छ।  इटालीमा २ लाख १० हजार  ७ सय १७ जनामा संक्रमण भेटिएको छ। त्यस्तै २८ हजार ८ सय ८४ जनाको ज्यान गएको छ।   

बेलायतमा १ लाख ८६ हजार ५ सय ९९ संक्रमित छन्। त्यहाँ २८ हजार ४ सय ४६ जनाको मृत्यु भएको छ।  फ्रान्समा १ लाख ६८ हजार ६ सय ९३ जनामा संक्रमण पुष्टि भएको छ। त्यहाँ मृत्यु हुनेको संख्या २४ हजार ४ सय ४६ रहेको छ।  विश्वभर ११ लाख ५३ हजार ८ सय ४७ जना कोरोना संक्रमित निको भएका छन्।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार