विपक्षी गठबन्धनमा नरहने माधव नेपालको घोषणा

Author Logo..
अनलाइन राप्ती २०७८ असार २८ गते सोमवार

काठमाडौँ :  नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले नेपाली कांग्रेस र माओवादी केन्द्रसहितको विपक्षी गठबन्धनमा नरहने घोषणा गरेको छ । कोटेश्वरस्थित आफ्नै निवास नजिकै बसेको विपक्षी गठबन्धनको बैठकमा वरिष्ठ नेता नेपालले अब आफू फरक भूमिकामा रहने समेत बताएका थिए । बैठकमा कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल,जसपा अध्यक्षहरू बाबुराम भट्टराई र उपेन्द्र यादव तथा राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेललगायत उपस्थित थिए । बैठकमा वरिष्ठ नेता नेपालले सर्वोच्च अदालतको फैसलासँगै सहकार्यको एउटा चरण पूरा भएको बताएको एमाले स्थायी कमिटी सदस्य रघुजी पन्तले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार