वातावरण दिवसमा १० व्यक्ति १० बिरुवा रोपन

Author Logo..
अनलाइन राप्ती २०७८ जेष्ठ २२ गते शनिवार


सुशील बस्नेत
दाङ :  विश्व वातावरण दिवसको अवसरमा  मानव अधिकार तथा शान्ति समाज दाङले   शनिबार १० व्यक्ति १० वनस्पति बिरुवा रोपन गरेको छ । जुन ५ अर्थात  शनिबार तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १२ स्थित केशवराज झुपा कुमारी वृद्ध आश्रमको प्राङ्गणमा श्रीखण्ड, निम लगायतका बिरुवा रोपन गरिएको मानव अधिकार तथा शान्ति समाजका शाखा सभापति तुलसीराम सुनारले जानकारी दिए । झण्डै १ बिगाहा क्षेत्रफल बराबरको जमिन रहेको वृद्ध आश्रममा हरियाली, शीतलता र वनस्पतिजस्ता बिरुवा उपयोगी हुने अपेक्षा गरिएको शान्ति समाजका केन्द्रिय बरिष्ठ उपसभापति सुशील बस्नेतले बताए।

वृक्षारोपण कार्यक्रममा शान्ति समाजका केन्द्रिय बरिष्ठ उपसभापति सुशील बस्नेत, केन्द्रिय सचिव निर्मल नेपाली, शान्ति समाज दाङका सभापति तुलसीराम सुनार, वृद्ध सेवा समितिका अध्यक्ष खुमानन्द अधिकारी ,शान्ति समाजका सचिव निर्मला डिसी,सह सचिब उषा गौतम, कोषाध्यक्ष कोमल डिसी, शाखाका पूर्व कोषाध्यक्ष अमृत प्रसाद शर्मा, शाखा सदस्य माधव बस्नेत र शिक्षक रामेश्वर अधिकारीले बिभिन्न प्रजातिका वनस्पति बिरुवा रोपेका थिए ।  अधिकार तथा शान्ति समाजको गत वर्ष दाङमा आयोजना गरिएको राष्ट्रिय परिषद् बैठकको साता व्यापी कार्यक्रम अन्तर्गत सोही स्थानमा संस्थापक सभापति कृष्ण पहाडी, तत्कालीन सभापति उत्तम पुडासैनी लगायतले बिभिन्न प्रजातिका बिरुवा रोपका थिए । ति बिरुवाको राम्रो सँग संरक्षण गरिएकाले पनि हुर्केका वृद्ध सेवा समिति दाङका अध्यक्ष खुमानन्द अधिकारीले जानकारी दिए । 

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार