
शान्तिनगर : नेपाली कांग्रेसका नेताहरुले शान्तिनगर गाउँपालिका वडा नं. २ वडाअध्यक्ष फर्साराम डाँगी माथि सांघातिक आक्रमण गर्नेलाई खोजी गरी कानुनी दायरामा ल्याई कारवाही गर्न नेपाल सरकासंग माग गरेका छन् । शनिवार वडा अध्यक्ष डाँगीको सांघातिक आक्रमणको विरुद्धमा शान्तिनगर २ को वडा कार्यालय नजिकै गरिएको विरोधसभामा बोल्ने कांग्रेसका नेताहरुले अपराधिक मानसिकता भएकालाई कारबाही गर्नु भन्दा अरु विकल्प नभएको उनिहरुले बताएका थिए ।
नेपाली कांग्रेस शान्तिनगर २ का वडा सभापति देवराज रिजालको सभापतित्वमा भएको विरोध सभा वोल्दै नेपाली कांग्रेस दाङका सभापति कृर्ति वहादुर खड्काले जनताको सेवा लागि कार्यकक्षमै रहेका जनप्रतिनिधिमाथि भएको आक्रमण लोकतन्त्र माथिको प्रहार भएको बताएका थिए ।
कार्यक्रमका प्रमुख अतिथि समेत रहेका सभापति खड्काले वडा अध्यक्ष माथि भएको सांघातिक आक्रमणले नेपाली कांग्रेस दुखि भएको र आगमी दिनमा यस्ता घटना दोहोरिए चुप लागेर नबस्ने चेतावनी दिए ।
कार्यक्रममा विशिष्ट अथिति नेता केशवराज आचार्यले कार्यकक्ष भित्रै ज्यान लिने उदेश्यका साथ भएको आक्रमणको निन्दा एवं भत्र्सना गर्नु भयो । कार्यक्रममा नेपाली कांग्रेसका सचिव शंकर डाँगी, नेता खिम प्रसाद खराल, नेपाली कांग्रेस क्षेत्र ३ का सभापति जगत वहादुर खड्का, निर्वाचन (क) का सभापति घनश्याम ढकाल, (ख) का सभापति खिम वहादुर वली, तरुण दल दाङका अध्यक्ष टिका घर्ती, उपाध्यक्ष मुक्ति न्यौपाने, बबई सभापति बल बहादुर बुढा, नेता पुर्ण केसी, वडा नं ६ का अध्यक्ष रवि बुढाथोकी, महिला संघकी सिता पोखरेलले आक्रमणको विरोध गरेका थिए, भने दोषिलाई हदै सम्मको कारवाहीको माग गरेका थिए ।अपराधिक मानसिकता साथ नेपाली कांग्रेसलाई नचलाउन र यदि यस्ता घटना दोहोरिए नेपाली काङग्रेस कारवाही गर्न उत्रने चेतावनी दिए । नेपाली कांग्रेस क्षेत्रिय प्रतिनिधि लोकमणी रेग्मीको स्वागत मन्तव्यवाट सुरु भएको कार्यक्रम सहजिरण वडा सचिव लिलाधर वलीले गरेका थिए ।
वडा कार्यलय नजिकबाट (याली निकाली विभिन्न स्थान पुगी पुनः वडा कार्यालय नजिकै रहेको चौतारामा विरोध सभा गरिएको थियो ।
सांघातिक आक्रमणबाट घाइते वडाध्यक्ष डाँगीको उपचार काठमाण्डौको ह्याम्स हस्पिटलमा भइरहेको छ । डाँगीको टाउँको, खुट्टा, हात र ढाडमा चोट लागेको छ ।