दाङ : शान्तिनगर गाउँपालिका वडा नं. २ का अध्यक्ष फर्साराम डाँगीले कोरोनाका विरामीहरुलाई पौष्टिक आहारा खुवाउनको लागि ४५ हजार सहयोग गरेका छन् । सोमबार उनले गाउँपालिकाले संचालन गरेको धनौरी स्वास्थ्य चौकीमा रहेको आइसोलेशन सेन्टरमा पुगि गाउँपालिकाका अध्यक्ष कमानसिंह डाँगीलाई उक्त रकम हस्तान्तरण गरेको हुन् । उनले आफु सहित विभिन्न ब्यक्तिबाट संकलन भएको उक्त रकम हस्तान्तरण गरेको बताए । उनले भने,‘ आइसोलेशमा रहेका विरामीहरुको ब्यवस्थापनका लागि केही सहयोग गर्नु पर्छ भन्ने उद्देश्यले म लगाएत १२ जनाबाट सहयोग भएको हो ।’ आइसोलेशनमा अहिले गाउँपालिकाले विरामीहरुलाई खान र औषधिका ब्यवस्था गरेको भएता पनि यस्तो माहामारीमा सबैको साथ र सहयोगबाट नै कोरोनालाई परास्त गर्न सकिने भएकाले यो सहयोग गरेको उनले बताए । त्यस्तै वडाले गाउँपालिकाको निर्देशनमा आफ्नो वडाका पत्येक टोलहरुमा कमिटी गठन गरेर मानिसहरु भिडभाड गर्न नदिने गरेको समेत उनले बताए ।
त्यसैगरी कुनै पनि ब्यक्तिलाई कोरोनाको शंका लागेमा उनीहरुलाई तत्काल आइसोलेशनमा परीक्षणको लागि समेत ब्यवस्था गरेको उनको भनाइ थियो । त्यसैगरी वडाध्यक्ष फर्साराम डाँगी ८ हजार २२३, गोविन्द गौतम रातीपोखरी ५ हजार, दुर्गा खड्का विष्णपुर २ हजार, धना वली १५ सय दिपक कुमार वली विष्णपुर ५ हजार सहयोग गरेका हुन् । त्यस्तै नन्दलाल वली ९ख० बौलाखुटी ५ हजार, रन्त बहादुर वली विष्णपुर २ हजार , गोविन्द खड्का विष्णपुर २५ सय, टोप बहादुर घर्ती २ हजार, धनसिंह खत्री पेदा २ हजार, गोविन्द बस्नेत, एकराज बस्नेत विरभद्र जयमहाकाली रगैजा ७ हजार ७७७ रुपैयाँ र चन्द्र किरण वली २ हजार गरी ४५ हजार संकलन भएको थियो । यता गाउँपालिका अध्यक्ष कमानसिंह डाँगीले वडा नं। २ का वडाध्यक्ष डाँगीले दिएको उक्त रकम गाउँपालिकाको स्वास्थ्य समितीसंग छलफल गरेर कहाँ खर्च गर्ने भन्ने बारेमा निर्णय गर्ने बताए ।
त्यस्तै गाउँपालिकाले कोरोना नियन्त्रणको लागि विगत वर्षदेखि नै काम गर्दै आइरहेको उनले बताए । पहिलो चरणको कोरोना माहामारी भन्दा दोस्रो चरणको कोरोना महामारीमा आफुलाई शुरुमा विरामीहरु ब्यवस्थापन गर्न निकै कठिन भएको समेत बताए । उनले भने,‘ हामीले धनौरी स्वास्थ्य चौकीलाई गत वर्षदेखि नै आइसोलेशन बनाएको थियो । जसले गर्दा हामीलाई दोस्रो लहरमा आइसोलेशन बनाउन समस्या भएन् । तर, अक्सिजनको अभावले गर्दा हामीलाई धेरै समस्या भयो । ’ त्यस्तै अहिले त्यो सहज हुदै गएको समेत उनले बताए । पछिल्लो समय आइसोलशनमा संक्रमितहरु पनि धेरै नभएको समेत उनले बताए । ‘ २० बेडको आइसोलेशन सेन्टरमा बैशाख महिना बेड नहुदाँ विरामीहरुलाई बाहिर उपचार गर्नु परेको थियो,’ उनले थपे,‘ तर, हिजो आज संक्रमितहरु ३÷४ जना मात्र हुन्छन् । पछिल्लो समय गाउँपालिकामा कोरोना पुष्टि भएका निको हुदै गएका छन् ।’