लुम्बिनीबाट राष्ट्रिय सभा सदस्यमा एमालेबाट खड्का र गठबन्धनबाट पाण्डे

Author Logo..
अनलाइन राप्ती २०७८ जेष्ठ ४ गते मङ्गलवार

दाङ : राष्ट्रिय सभा सदस्य उपनिर्वाचनका लागि लुम्बिनी प्रदेशमा दुईजनाको उम्मेदवारी परेको छ । कांग्रेस, माओवादी केन्द्र, जनता समजवादी पार्टी र राष्ट्रिय जनमोर्चाका तर्फबाट दृगनारायण पाण्डे र एमालेका तर्फबाट चन्द्रबहादुर खड्काले दाङ स्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी दिएका हुन् । चार दलीय गठबन्धनबाट उम्मेदवारी दिएका कांग्रेसका पाण्डे यसअघि लुम्बिनी प्रदेश सभा सदस्य हुन् । एमालेका तर्फबाट प्रदेश सभा सदस्य निर्वाचित उनी केही दिनअघि सांसद पदबाट राजीनामा दिएर नेपाली कांग्रेसमा प्रवेश गरका थिए । यसैगरी एमालेका तर्फबाट उम्मेदवारी दिएका खड्का यसअघि पनि राष्ट्रिय सभा सदस्य उम्मेदवार हुन । माओवादीबाट निर्वाचित अर्घाखाँचीका उनी एमाले प्रवेश गरेपछि उनलाई माओवादीले कारबाही गरेको थियो ।

माओवादी कारबाही पछि रिक्त रहेको राष्ट्रिय सभा सदस्य पदका लागि एमालेले उनलाई नै पुनः उम्मेदवार चयन गरेको हो । राष्ट्रिय सभा सदस्यको उपनिर्वाचन आगामी १७ गते हुँदै छ। यो राष्ट्रिय सभा सदस्यका लागि प्रदेश सभा सदस्य, तथा स्थानीय तहका प्रमुख र उपप्रमुखले मतदान गर्ने छन् । राष्ट्रिय सभा सदस्यको निर्वाचनमा मतभार प्रदेशको १ बराबर ४८ र स्थानीय तहको १ बराबर १८ हो । लुम्बिनी प्रदेशमा रहेका १०९ स्थानीय तहमा नेकपा एमालेका ९१, नेपाली कांग्रेस ६४, नेकपा माओवादी(केन्द्र) ३९, जसपा १३, राष्ट्रिय जनमोर्चा ५, राप्रपा २ र स्वतन्त्र ४ जना रहेका छन् । प्रदेश सभामा नेकपा एमाले ४२ जना सांसद मध्य बिमला ओलीले माओवादी केन्द्रमा प्रवेश गरेकी छन् । त्यसैगरी एमालेबाट प्रदेश सभामा निर्वाचित अमर बहादुर डाँगी राजीनामा दिएका छन् । अहिले एमालेका ३९ जना सांसद छन । नेपाली कांग्रेसका १९, नेकपा माओवादी(केन्द्र)का १८, राष्ट्रिय जनमोर्चा १, राजपा उपेन्द्र पक्षका २ जना सांसद छन् ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार