
शरद रेग्मी
तुलसीपुर, २५ बैशाख : पछिल्लो समय तुलसीपुर क्षेत्रमा सामाजिक सुरक्षा भत्ता बुझ्न आउने जेष्ठ नागरिकहरुको बैकहरुमा देखिएको भिडभाडले समस्या देखिएको थियो । बैंकहरुमा जेष्ठ नागरिकहरुको समस्या देखेपछि स्थानिय सरकारको समेत आलोचना हुन सुरु भएको थियो ।
लकडाउनको समयमा वडा अध्यक्षहरुले भत्ता बितरण र ब्यबस्थापन गर्न किन सकेनन भन्ने प्रश्न अधिकांशको जिब्रोमा झुण्डिरहेको थियो । यति मात्रै हैन बैक म्यानेजर र ब्यबस्थापकले समेत भिड ब्यबस्थापन गर्न नसकेपछि सामाजिक सघॅ सस्थाहरुले दुईदिन सहयोग गरेर भिड ब्यबस्थापन गर्न सहयोग गरेका छन् ।
उनीहरुले जेष्ठ नागरिकलाई निशुल्क पानी समेत बितरण गरेको लायन्स क्लब अफ दाङका अध्यक्ष यज्ञबहादुर केसीले जानकारी दिए ।
लायन्स क्लब अफ दाङ,रोटरी क्लब अफ दाङ, रोट्रयाक्ट र लियो क्लबले भोलेन्टिएरहरु खटाएर भिड ब्यबस्थापन गरेसगै बैकहरुलाई समेत सरलता भएको एकजना बैक म्यानेजरले राप्ती अनलाईनलाई जानकारि दिए।