राष्ट्रपति भण्डारीद्धारा महामारीमा अग्रपंक्तिमा खटेका नर्सको प्रशंसा

Author Logo..
अनलाइन राप्ती २०७८ बैशाख २९ गते बुधवार

 

काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले विश्वव्यापी महामारी कोभिड–१९ विरुद्धको लडाईमा अग्र भागमा रहेर संक्रमितहरुको हेरचाहमा अहोरात्र खटेका नर्सहरुको प्रशंसा गरेकी छन् ।अन्तर्राष्ट्रिय नर्स दिवस तथा २ सय १ औं फ्लोरेन्स नाइटिङ्गेल जयन्तीको अवसरमा राष्ट्रपति भण्डारीले महामारीको समयमा अग्रपंक्तिमा खटेका नर्सहरुको प्रशंसा गर्दै शुभकामना व्यक्त गरेकी हुन् ।राष्ट्रपति भण्डारीले आज ट्विीट गर्दै कोभिड–९ विरुद्धको लडाईमा अग्रपंक्तिमा खटेका सम्पूर्ण नर्सहरुको त्याग, समर्पण र लगनशीलताको उच्च प्रशंसा गरेकी हुन् । उनले ट्विट गरेकी छिन्–‘विश्वव्यापी महामारी कोभिड–१९ विरुद्धको लडाईमा अग्र भागमा रहेर संक्रमितहरुको हेरचाहमा अहोरात्र खटिनु भएका सम्पूर्ण नर्सहरुको त्याग, समर्पण र लगनशीलताको उच्च प्रशंसा गर्दै अन्तर्राष्ट्रिय नर्स दिवस तथा २ सय १ औं फ्लोरेन्स नाइटिङ्गेल जयन्तीको अवसरमा हार्दिक शुभकामना व्यक्त गर्दछु ।’ नेपाललगायत विश्वभर हरेक मे १२ लाई अन्तर्राष्ट्रिय नर्स दिवस तथा फ्लोरेन्स नाइटिङ्गेल जयन्तीका रुपमा मनाउँदै आइएको छ । योे वर्ष ‘नर्सःनेतृत्वका लागि आवाज, भविष्यको स्वास्थ्य सेवाका लागि एक दृष्टि’ भन्ने नाराका साथ नर्स दिवस मनाइँदै छ ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार