राप्रपाद्धारा ८५ वटा अक्सिजन उपमहानगरपालिकालाई

Author Logo..
अनलाइन राप्ती २०७८ जेष्ठ ९ गते आइतवार


शरद रेग्मी,

दाङ :  अक्सिजन ब्यबस्थापनमा राष्ट्रिय प्रजातन्त्र पार्टी दाङले हातेमालो गर्दै ८५ वटा अक्सिजन तुलसीपुर उपमहानगरपालिकालाई हस्तान्तरण गरेको छ । हामीले पहिलो चरणमा सबै साथीहरु मिलेर अक्सिजन रिफिल गरिदिएका छौँ,‘ केन्द्रिय सदस्य दामोदर भण्डारीले भने,‘ दैनिक ब्यबस्थापनमा केही समस्या भए सहजिकरण समेत गर्दै जानेछौँ ।’ पश्चिम दाङका जनताहरुको स्वास्थ्यलाई मध्यनजर गर्दै सञ्चालन भएको मेट्रो अस्पताल ,अश्वारामा राप्रपाले ८५ वटा अक्सिजन सिलिन्डर हस्तान्तरण गरेको हो । कोभिड १९ महामारीका कारण अक्सिजन नपाएर धेरैले ज्यान गुमाएका छन् । यस विपत्तिमा कोही पनि कोभिड बिरामीले अक्सिजन अभावमा मृत्युवरण गर्न नपरोस् भन्ने तर्फ राप्रपा सचेत रहँदै आएको छ । राप्रपाले यो महामारीको समय सामाजिक उत्तरदायित्वबाट पन्छिन नमिल्ने भन्दै सबै मिलेर कोभिड बिरुद्दको लडाइमा एकताका साथ अगाडि बढ्नुपर्ने बेला आइसकेको बताएको छ ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार