राप्ती गाउँपालिका स्तरीय परिक्षा सुरु

Author Logo..
अनलाइन राप्ती २०७६ फाल्गुन २८ गते बुधवार


तिर्थराज ज्ञवाली
फागुन २८, देउखुरी दाङ । राप्ती गाउँपालिका स्तरीय आधारभूत तह कक्षा ५ र कक्षा ८ को परीक्षा पालिकास्तरीय परीक्षा व्यवस्थापन समिति मार्फत बुधवार देखी सुरु भएको छ । परिक्षालाई मर्यादित तथा अनुशासीत बनाउनका लागि गाउँपालिकाले उपाध्यक्ष जगदम्वा कुमारी चौधरीको नेतृत्वमा पहिलो दिन परिक्षा केन्द्र हरुको अनुगमन गरिएको हो ।

अनुगमनमा परिक्षा मर्यादित तथा अनुशासीत रुपमा भएको उपाध्यक्ष चौधरीले बताईन् । परिक्षा अनुगमनको क्रममा अनुगमन समितिका सदस्य प्रमुख प्रशासकिय अधिकृत शोभाराम रिजाल,प्रबक्ता विद्याशरण चौधरी रेशमराज अधिकारी लगायतको सहभागीता रहेको थियो ।


पछिल्लो महामारी कोरना बाट सजकता अपनाउदै नेपाल सरकार तथा राप्ती गाउँपालिकाको निर्णय अनुसार कक्षा ५ र कक्षा ८ को साथै सम्पुर्ण कक्षाको परिक्षा सुरु गरिएको हो । यसै विच १४ वटा परिक्षा केन्द्रको स्थापना गरि राप्ती गाउँपालिकाले कक्षा ५ र कक्षा ८ को परिक्षा सञ्चालन गर्दै आएको छ साथै सम्पुर्ण सामुदायिक विद्यालय तथा संस्थागत विद्यालयहरुले आआफ्नो विद्यालयमा अन्य कक्षाको समेत परिक्षा सुरु गरेका छन् । अनुगमनको क्रममा परिक्षा केन्द्रध्यक्ष तथा शिक्षक कर्मचारी संग परिक्षा अवस्थाको वारेमा बुझिएको थियो ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार