राप्ती गाउँपालिका स्तरिय राष्ट्रपति रनिङ शिल्ड सर्बोदयको हातमा

Author Logo..
२०७६ फाल्गुन २ गते शुक्रवार


तिर्थराज ज्ञवाली, देउखुरी, दाङ ।  दाङको राप्ती गाउँपालिका स्तरिय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीतामा सर्बोदय माध्यामीक विद्यालय सिसहनियाले जित्न सफल भएको छ । गत माघ २८ देखी सुरु भएको माध्यामीक तथा आधारभुत विद्यालय स्तरिय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीतामा उत्कृष्ट खेल प्रदर्शन गर्दै विद्यालयले २५ पदक हात पार्न सफल भएको हो ।

विद्यालयले १० स्वर्ण, ९ रजत र ६ कास्य गरि २५ पदक जित्न सफल भएको छ । त्यस्तै ज्ञानोदय मा.वि.पत्थरगढवाले १० स्वर्ण, ६ रजत र ३ कास्य गरि १९ पदक जिति र दोस्रो भएको छ । मा.वि. मौरीघाट ५ स्वर्ण, ३ रजत र ५कास्य गरि १३ पदक जिति र तेस्रो भएको छ । साथै मुनलाईट सेकेन्डरी स्कुल लालमटियाले २ स्वर्ण, र १ कास्य गरि ३ पदक जिति सान्तोना स्थान प्राप्त गरेको छ । प्रतियोगितामा छात्र र छात्रा तर्फ अलगअलग भलिवल, कबड्डी, एथलेटिक्स, हाइजम्प, लङजम्प

, त्रिपलजम्प, ज्याभलिङ थ्रो, सटफुट खेल समाबेस गरिएका खेलहरुमा भविलल खेल छात्रा तर्फ ज्ञानोदय पत्थरगढवा प्रथम, सर्बोदय सिसहनिया द्धितिय र मार्टिन एकेडेमी पत्थरगढवा तृतिय भएको छन् । भविलल खेल छात्र तर्फ सर्बोदय प्रथम, ज्ञानोदय द्धितिय र मार्टिन एकेडेमी पत्थरगढवा र शंकर मा.वि. पीपरी तृतिय भएका छन् ।

कवड्डी खेल छात्र तर्फ सिरीन भ्याली बोडिङ स्कुल मौरीघाट प्रथम, मा.वि. मौरीघाट द्धितिय र आदर्श मा.वि. लालमटिया र नवज्योति आधारभुत तृतिय भएका छन् । कवड्डी खेल छात्रा तर्फ आदर्श मा.वि लालमटिया प्रथम, मा.वि. मौरीघाट द्धितिय र सर्बोदय मा र रिभर राप्ती भालुवाङ तृतिय भएका छन् ।
राप्ती गाउँपालिका स्तरिय राष्ट्रपति रनिंग शिल्ड खेलकूद प्रतियोगितामा सफलता हात पारेका विद्यालय तथा विद्यार्थीहरुलाई गाउँपालिकाले नगद, प्रमाणपत्र, मेडल र शिल्ड प्रदान गरेको छ ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार