दाङ : राप्ती गाउँपालिकामा दोस्रो चरणको कोरोना लहर शुरु भएसंगै मंगलवार सम्म १९७ जनामा (पुरुष १३४ र महिला ६३ ) कोरोना पुष्टि भएको छ । ति मध्य १२७ जनाले कोरोना जितेर डिस्चार्ज भएको गाउँपालिकाका सूचना अधिकारी विश्वास विकले जानकारी दिए । त्यस्तै हाल सम्म कोरोना संक्रमणबाट १३ जनाको मृत्यु भएको समेत उनले जानकारी दिए । अहिले गाउँपालिकामा संक्रिय सक्रमितहरु ७० जना रहेको समेत उनको भनाइ छ । यसैगरी गाउँपालिकामा गत वर्षको कोरोना महामारी ११० जनालाई कोरोना संक्रमण पुष्टि भएको थियो । ति मध्ये ४ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको सूचना अधिकारी विकले जानकारी दिए ।
अनलाइन राप्तिको युटुब च्यानल (Online Rapti) सब्सक्राइब गर्नुहोस् । हामी वास्तवीक, जानकारीमूलक र रोचक भिडियोहरु राख्ने गर्छौ ।
प्रतिक्रिया दिनुहोस