राप्तीमा राष्ट्रपति रनिङ शिल्ड तथा अध्यक्षकप सुरु हुने

Author Logo..
२०७६ माघ १९ गते आइतवार


तिर्थराज ज्ञवाली, देउखुरी दाङ । राप्ती गाउँपालिका युवा, शिक्षा तथा खेलकुद शाखाको आयोजनामा हुन लागेको राप्ती गाउँपालिका स्तरिय राष्ट्रपतिरनिङ शिल्ड तथा अध्यक्षकप खेलकुद कार्यक्रम सञ्चालन बारे छलफल गरिएको छ ।
आगामी केहि दिनमा सुरु हुने खेलकुद कार्यक्रमका बारेमा राप्ती गाउँपालिकाका विद्यालयका प्रध्यानाध्यापक तथा खेल शिक्षकहरु संग छलफल गरिएको हो ।
राप्ती गाउँपालिका अध्यक्ष नुमानन्द सुबेदिको अध्यक्षतामा भएको छलफलमा श्रीचौर खेल मैदानमा खेलकुद आयोजना गर्ने, लगायत खेल ब्यवस्थापनका बारेमा छलफल गरिएको राप्ती गाउँपालिका युवा, शिक्षा तथा खेलकुद शाखाका शिक्षा अधिकृत विश्वास विकले बताए ।
गत बर्षको राष्ट्रपति रनिङ शिल्ड तथा अध्यक्षकप खेलकुदमा समाबेश गरिएको खेलमा थप खेलहरु समेत खेलाईने उनले बताए ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार