
तिर्थराज ज्ञवाली
देउखुरी दाङ : राप्ती गाउँपालिका दाङमा पहिलो पटक बन्न लागेको बौद्ध गुम्वाको शिलान्यास गरिएको छ । निर्माणाधिन बौद्ध गुम्वावडा नं ८ स्थीत कोहलुवाको श्रीनगर डाडामा निर्माण कार्य सुरु गरिएको छ । शुक्रवार एक कार्यक्रमको आयोजना गरि राप्ती गाउँपालिका उपाध्यक्ष जगदम्वा कुमारी चौधरीले बौद्ध गुम्वाको शिलान्यास गरे ।
पवित्र बौद्ध मन्त्रोच्चारणका साथ गुरुङ समुदायको पवित्र धार्मीक स्थलको रुपमा रहेकोे गुम्वाको सामाजिक दुरी कायम गर्दै शिलान्यास गरिएको हो ।
गाउँपालिका अध्यक्ष नुमानन्द सुवेदी, वडाध्यक्ष गोकर्ण बहादुर राना मगर, कार्यपालिका सदस्य विष्णु गुरुङ, श्रीनगर बौद्ध गुम्वा निर्माण समितिका पदाधिकारी, टोल विकास संस्थाका प्रतिनिधि, स्थानिय नागरिक लगायतको सहभागीतामा बौद्ध गुम्वाको शिलान्यास गरिएको हो ।
शान्तिका प्रतिक गौतम बुद्धको प्रतिमा स्वरुप मुर्ति सहितको गुम्वास्थल लाई पर्यटकीय स्थलको रुपमा विकास गर्ने उदेश्य अनुसार वडा नं ८ को कोहलुवामा बौद्ध गुम्वा निर्माणका लागि शिलान्यास गरिएको बौद्ध गुम्वा निर्माण समितिका लुम बहादुर गुरुङले जानकारी दिए ।
राप्ती गाउँपालिकाको करिव ८ लाख बढि रकमबाट निर्माण गर्न लागिएको गुम्वाको निर्माण कार्य असार मसान्त सम्म सम्पन्न गर्ने बताईएको छ ।