यास् चक्रवातको प्रभावले नेपालको अधिकांश भागमा भइरहेको लगातार वर्षा सोमबारसम्म निरन्तर रहने

Author Logo..
अनलाइन राप्ती २०७८ जेष्ठ १५ गते शनिवार

काठमाडौं :  बंगालको खाडीबाट उत्पन्न भएको यास् चक्रवातको प्रभावले नेपालको अधिकांश भागमा भइरहेको लगातार वर्षा सोमबारसम्म वर्षा निरन्तर रहने भएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार चक्रवात कमजोर भई न्यूनचापीय क्षेत्रको रूपमा रहे पनि त्यसको प्रभावका कारण सोमबारसम्म वर्षा निरन्तर रहने भएको हो । लगातारकोे वर्षाका कारण मुलुकको अधिकांश ठाउँको जनजीवन प्रभावित भएको छ । लगातार पानी पर्दा नदी खोलाहरुमा पानीको तह बढेको र बाढीसमेत आएको छ । धेरै पानी परेका स्थानमा पहिरो र डुबानको खतरा बढेको छ । अधिकांश ठाउँमा मेघगर्जन, चट्याङ, हावाहुरीसहित हल्का र मध्यम पानी पर्नुका साथै हावाहुरी र हिमपात हुने महाशाखाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार