याक एण्ड यतिद्धारा तुलसीपुर मेट्रो हस्पिटललाई अक्सिजन कन्सट्रेटर सहयोग

Author Logo..
अनलाइन राप्ती २०७८ जेष्ठ २१ गते शुक्रवार


दाङ :याक एण्ड यतिले तुलसीपुर मेट्रो हस्पिटललाई १५  लाख बराबरको अक्सिजन कन्सट्रेटर सहयोग गरेको छ । नेपाल घर भएर हाल अमेरिकामा बस्दै आएका याक एण्ड यतिका सञ्चालक सतिश गौचनले १० वटा अक्सिजन कन्सटे«टर सहयोग गरेको तुलसीपुर उपमहानगरपालिका प्रेस संयोजक ओपेन्द्र बस्नेतले जानकारी दिए । उनका अनुसार अक्सिजनको अभावमा कुनै पनि नागरिकले अकालमा ज्यान गुमाउनु नपरोस् भन्ने उद्देश्यले गौचनले हस्पिटललाई कन्सट्रेटर उपलब्ध गराएको हुन् । अक्सिजन कन्सट्रेटरको पहल, तुलसीपुर उपमहानगरपालिका शिक्षा सल्लाहकार शिशिर खनालले गरेका थिए । ‘दाङ सहित देशैभर अक्सिजनको हाहाकार भयो । कतिपयले अक्सिजनकै अभावमा अकालमा ज्यान गुमाउनु प¥यो,’ सल्लाहकार खनालले भने,‘ रातदिनको मेहनतपछि तुलसीपुर मेट्रो अस्पतालमा कोरोना आइसोलेसन पनि सञ्चालनमा आयो । तर अक्सिजनको अभाव त उस्तै रह्यो । त्यसैले नीति शाला मार्फत कन्सट्रेटर जुटाउने काम गरेको हुँ ।’
अस्पतालमा ५० बेडको अक्सिजन सहितको आइसोलेसन सञ्चालनमा ल्याइएको छ ।  यसैबीच तुलसीपुर उपमहानगरपालिका नगर प्रमुख घनश्याम पाण्डेले सहयोगी संस्था र पहलका लागि लाग्ने दुबै जनालाई धन्यवाद दिनु दिएका छन् । युद्धमा कुनै नियम नहुने बताउँदै नगर प्रमुख पाण्डेले कोरोना विरुद्धको महायुद्धमा लड्दै जाँदा सहयोग पनि जुट्दै गएकाले आइसोलेसन सञ्चालनमा सफल प्राप्त गरेको बताउनुभयो ।  ‘केही नगर्नु भन्दा धेरै गरेका छौ । तर गयौँ भनेर सन्तुष्टि रहने अवस्था छैन,’ नगर प्रमुख पाण्डेले भने,‘ तर थाकेका छैनौ निरन्तर काममा छौ ।’ विभिन्न संघसंस्था, सामाजिक अभियन्ता, चिकित्सक, स्वास्थ्यकर्मी, कर्मचारी र नागरिकको सहयोगका कारण कोरोना विरुद्धको अभियानमा लड्न सहज भएको पाण्डेले बताए ।

 

 

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार