म्याग्दी बाट घर फर्केका ६ लाई ज्वरो देखापर्यो ११ जना क्वारेन्टाईमा

Author Logo..
अनलाइन राप्ती २०७७ बैशाख १२ गते शुक्रवार


तिर्थराज ज्ञवाली
देउखुरी दाङ,१२ बैशाख : राप्ती गाउँपालिकामा म्याग्दी बाट मजदुरी विहिवार साँझ घर फर्किएका ११ जना मध्य ६ जनालाई स्वास्थ्य चेकजाच गर्दा ज्वरो देखापरेपछि राप्ती गाउँपालिकाले ११ जना लाई विहिवार राति क्वारेन्टाईनमा भर्ना गरेको छ ।


दाङ जिल्लाको राप्ती गाउँपालिका २ का नागरिकहरु मजदुरी गर्ने क्रममा विभिन्न अवस्था पार गर्दै घर आउने क्रममा लालमटिया स्वास्थ्य चौकी भालुवाङको स्वास्थ्य कर्मिको टोलिले भालुवाङ बाटोमै स्वास्थ्य चेकजाच गर्दा ६ जनामा ज्वरो आएको पाईएकोले स्वास्थ्य कर्मी र सुरक्षा निकायको निगरानिमा लालमटिया स्थीत ऐरावति आदर्श बहुमुखी क्याम्पसको क्वारेन्टाईनमा राखीएको राप्ती गाउँपालिका स्वास्थ्य संयोजक नारायण राउतले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार