दाङ, दाङमा मोटरसाईकल दुर्घटनामा परी १ जनाको मृत्यु भएको छ, भने एक जना घाइते भएका छन् । घोराही उपमहानगरपालिका ८ का १९ वर्षीय रेशम वलीको दुर्घटनामा परि मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । वलीको उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनामा मोटरसाईकलमा सवार घोराही १० का १८ वर्षीय अमृत चौधरी घाईते भएका छन् । उनको घोराहीमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि कोहलपुर रिफर गरिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायव उपरीक्षक विनोद विक्रम शाहले बताए । तुलसीपुरबाट घोराही तर्फ जादै गरेको रा २ प ९३५० नम्बरको मोटरसाईकल शुक्रवार साँझ साढे सात बजे घोराही ११ खैराचोकमा रोकिराखेको रा १ त १९३८ नम्बरको टेक्टरसंग ठोकिदा उक्त दुर्घटना भएको प्रहरीले बताएको छ ।