दाङ : दंगीशरण गाउँपालिमा युवा संजालले संचालन गरेको “मेरो आइसुलेशनमा, मेरो अक्सिजनका लागि, मेरो एक हजार“ अभियान आर्थिक संकलन हुन क्रम जारी रहेको छ । देश तथा विदेशमा रहेका गाउँपालिकामा विभिन्न ब्यक्तिहरुबाट आर्थिक सहयोग भइरहेको संजालका अध्यक्ष एवं अभियानका संयोजक चक्र मिलन विकले जानकारी दिए । यहि जेठ ५ गते बाट सुरु गरिएको अभियानमा पहिलो दिन ७ हजार २६ रुपैयाँ, ६ गते १८ हजार ७९६ रुपैयाँ, ७ गते ४० हजार ४९२ रुपैयाँ र ८ गते २४ हजार २५१ रुपैयाँ गरी जम्मा ९० हजार ५६५ रुपैयाँ संकलन भएको संजालका कोषाध्यक्ष हस्त बहादुर वलीले जानकारी दिए । उनका अनुसार उक्त रकम देश तथा विदेशमा रहेका गाउँपालिका नागरिकहरु सहयोग गरेका हुन् । दोस्रो चरणको कोरोना महामारी फैलिएसंगै कोरोनाका कारण गाउँपालिकाबाट रिफर भएका वा घरमै अक्सिजन कम भइ र अक्सिजन सिलिण्डर नपाउँदा हाल सम्म गाउँपालिकामा ८ जनाको मृत्यु भएको भइसकेको उनले जानकारी दिए ।
यस्तो अवस्था सिर्जना भएको हुनाले गाउँपालिकामा अक्सिजन खरिद, स्वास्थ्य सामाग्री खरिद, आइसोलेशन बेडहरु बृद्धि गर्न थोरै भएपनि सहज होस् भन्ने भन्ने उद्देश्यले आफुहरुले यो अभियान शुरु गरेको उनले जानकारी दिए । त्यस्तै उनले स्वदेश तथा विदेशबाट संकलित रकम संजालको खाता भएको चेक मार्फत गाउँपालिकालाई हस्तान्तरण गर्ने र सहयोगी दाताको अनुरोधमा लकडाउनका कारण श्रमिकहरुलाई समस्या भएमा खाद्य सामाग्री वितरण समेत गर्ने उनले बताए । साथै, यस्तो विपद्को बेला स्वदेश तथा विदेशमा रहेका दाजुभाइ तथा दिदिबहिनीहरुमा अभियानलाई सहयोग गर्न युवा संजाले अपिल गरेको छ । संजालले सहयोग गर्ने ब्यक्तिहरुले गाउँपालिका स्तरिय युवा संजालको खाता भएको नेपाल क्रेडिट एण्ड कर्मशियल बैंक हेकुली शाखामा रहेको खाता नं. ११४०००००४३१०१ मा तथा अध्यक्ष चक्र मिलन वि.क ९८४४९३६१२६, उपाध्यक्ष विन्दु योगी ९८६६२०६९४३, सचिव अंकित आचार्य ९८६६२०६९३५, सहसचिव शंकर चौधरी ९८०९७७७४८७, कोषाध्यक्ष हस्त बहादुर वली ९८१४५६७२६६, युवा सल्लाहकार प्रविण योगी ९८२२८२८००७ सम्पर्क गरी सहयोग गर्न सकिने समेत जानकारी दिए ।