मेरो एक हजार अभियान अन्तर्गत ११ लाख संकलन 

Author Logo..
अनलाइन राप्ती २०७८ जेष्ठ १७ गते सोमवार


दाङ  : अक्सिजनका लागि मेरो एक हजार रुपैयाँ अभियान अन्र्तगत आइतबारसम्म ११ लाख बढी आर्थिक संकलन भएको छ । अक्सिजनका लागि मेरो एक हजार अभियानका अभियन्ता पदम पोख्रेल (जेठु कान्छु)ले आइतबार मात्रै एक लाख ९९ हजार ८ सय ९ रुपैयाँ तुलसीपुर उपमहानगरपालिका नगर प्रमुख घनश्याम पाण्डेलाई हस्तान्तरण गरे ।  यस अघि तीनपटक गरेर ९ लाख २८ हजार ७३ रुपैयाँ तुलसीपुर मेट्रो अस्पताललाई हस्तान्तरण अभियन्ता पोख्रेलले बताए  ।
तुलसीपुरमा चरम रुपमा  अक्सिजन अभावका कारण नागरिकको मृत्यु हुन थालेपछि युवा व्यवसायी पोख्रेलले अक्सिजनका लागि मेरो एक हजार रुपैयाँ अभियान संचालन गर्नु भएको थियो । मेरो एक हजार अभियानमा तुलसीपुर लगायत विदेशमा रहेका नागरिकहरूले स्वतस्फुर्त रुपमा सहयोग गरेका छन् । 

तुलसीपुर उपमहागनरपालिका –८ अश्वारामा रहेको भिमसेन शहरी प्रर्वद्धन केन्द्र अन्तर्गत मेट्रो अस्पतालमा सञ्चालित अक्सिजन सहितको कोरोना आइसोलेसन व्यवस्थापनका लागि सरसफाइ अभियन्ता विमल रिजालको संयोजकत्वमा तुलसीपुर अक्सिजन बैंक सहयोग समिति, तुलसीपुर उपमहानगरपालिका –१८ का वडाध्यक्ष माधव वलीको संयोजकत्वमा कोभिड विपत व्यवस्थापन कोष लगायतका आपतकालीन विभिन्न समिति तथा उपसमिति गठन गरिएको छ ।  समितिहरूले कोरोना महामारी नियन्त्रणका लागि सुरुदेखि नै निरन्तर रुपमा काम गरिरहेको तुलसीपुर उपमहानगरपालिका प्रेस संयोजक ओपेन्द्र बस्नेतले जानकारी दिए । यसै बिच नगर प्रमुख पाण्डे पनि तुलसीपुर मेट्रो अस्पतालमा सञ्चालित कोरोना आइसोलेसन अस्पताललाई सहयोग गर्ने नगरवासी सहित विभिन्न क्षेत्रमा रहेर सहयोग पु¥याउनेलाई धन्यवाद दिए ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार