मनसुनी वायु फेरि सक्रिय, अधिकांश ठाउँमा वर्षा

Author Logo..
अनलाइन राप्ती २०७८ असार २४ गते बिहिवार

काठमाडौं : मनसुनी वायु फेरि सक्रिय भएपछि आज बिहानैदेखि देशभर पानी परिरहेको छ। बागमती, गण्डकी र लुम्बिनी प्रदेशका विभिन्न स्थानमा भारी वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।  बाँकी स्थानमा हल्कादेखि मध्ययम खालको पानी परिरहेको छ। आज दिनभर धेरै स्थानमा पानी पर्ने मौसमविद् मीन कुमार अर्यालले जानकारी दिए। दिउँसो प्रदेश एक, दुई, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका अधिकांश स्थानमा हल्का देखि मध्यम र केही स्थानमा भारी वर्षाको संभावना छ। गएराति पनि देशका अधिकांश स्थानमा वर्षा भएको महाशाखाले जनाएको छ।  बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केहि स्थानमा भारी वर्षा पनि भएको थियो। काठमाडौं उपत्यकाका केहि स्थानमा पनि भारी वर्षा भएको मौसमविद् अर्यालले जानकारी दिए। पछिल्लो ६ घण्टामा उपत्यकामा १२ दशमलव ५ मिलीमिटर वर्षा मापन भएको महाशाखाले जनाएको छ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार