
शान्तिनगर, केही दिनदेखी शान्तिनगर गाउँपालिकाका ७ वटै वडाहरुमा मकैबालीमा फौजी किराको प्रकोप बढेपछि कृषकहरु चिन्तित भएका छन् । लकडाउका कारण समस्यामा परेका कृषकहरु मकैबाली फौजी किराले नष्ट गर्दै गएपछि उनीहरु चिन्तित भएका हुन् ।
त्यसैगरी गाउँपालिकामा नै यो किराको संक्रमण देखिएपछि गाउँपालिकाको कृषी शाखाले एउटा वडामा करिब ३० विगाह जमिनमा पुग्ने विषादी र छर्नकको लागी स्प्रे दिएको जनाएको छ । शुक्रवार शान्तिनगर ४ का किसानहरु वडा कार्यालयमा विषादी लिन आएका थिए । लकडाउनको बेला सामाजिक दुरी नै कामय नगरी कृषकहरु वडा कार्यालयमा लाइनमा बसेका थिए ।
त्यति बेला नै अनलाईन राप्तीको टिम त्यहाँ पुगेपछि वडाध्यक्ष धन बहादुर केसीले वडामा भिडभाड नगर्न भन्दै कृषकहरुलाई आग्रह गरेका थिए । तर कोरोनाको जोखिमको बेला वडामा कृषकहरुको भिडभाड भएको देखेपछि हाम्रो टिमले के कारणले यसरी भिडभाड भएको हो भन्दा वडाध्यक्ष कार्यकक्षबाट बाहिरीदै यो विषमा अहिले नबोल्ने भन्दै तर्किएर गएका थिए ।
यता कृषकहरुले भने आफुहरु वडा कार्यालयमा आउँदा पनि विषादी नपाएको भन्दै गुनासो गरेका थिए । पाएकाले पनि यति थोरैले नपुग्ने बताएका थिए । शान्तिनगर ४ गबदुवाका चेत बहादुर डाँगीले लकडाउनको बेला वडामा फौजी किरा मार्न औषधी लिन आएको बताए । उनले कोरोनाको जोखिम भएको बेला सामाजिक दुरी कायम नभएको भन्दै वडाले प्रत्यक टोल टोलमा लगेर दिएको भए यस्तो भिड नहुने बताए । ‘लकडाउनको कारण हामीलाई धेरै समस्या छ,’ उनले भने ,‘ तर किराले मकै सबै नष्ट गर्दै गएको छ, अलिकति बचेका मकैलाई बचाउन औषधी लिन आएका छौँ ।
यदि हामीले मकैलाई बचाउन सकेनौ,भने भोकै मर्नु पर्ने अवस्था आउने छ ।’ त्यसैगरी अर्का कृषक थल्लु प्रसाद खराले एक प्याकेट औषधी १० कृषकहरुलाई दिएको भन्दै त्यतिले नपुग्ने बताए । दैनिक रुपमा किराले मकैलाई नष्ट गरेको छ ।
तर वडाबाट हामीले थोरै औषधी आएको छौँ, त्यतिले हामीहरुलाई पुग्दैन् । त्यसैगरी उनले लकडाउनको बेला वडामा यसरी भिडभाड गर्न नहुने बताए । बरु वडाले प्रत्यक टोलबाट एक एक जनालाई बोलाएर दिएको भए राम्रो हुने समेत बताए ।
कृषकहरु ‘मकै किराले नष्ट गर्दै जादाँ पिडित छन्,’ उनले भने,‘ वडाले किरा मार्ने औषधी वितरण गर्दै छ, भन्ने थाहाँ पाएर सबै आएको हुन् ।’ अहिले फौजी किरा दाङका सबै स्थानमा देखिएको छ । यसलाई नियन्त्रण गर्ने भनेको कृषीले सिफारी गरेको विषादी सुरक्षित तरिकाले प्रयोग गरी नियन्त्रण लिनु पर्ने गाउँपालिकाका कृषी शाखा प्रमुख यमकान्त पाण्डेले बताए । अन्य विधीबाट यो किरा नष्ट नहुने समेत उनले बताए ।
त्यसैगरी वडा नम्बर ३ का अध्यक्ष बुद्धिराम तिवारीले आफुले आफ्नो वडाका कृषकहरुलाई किटनाशक औषधी वडा सदस्य मार्फत गाउँ गाउँमा पु¥याए बताए । उनले किराले वडाका सम्पुर्ण कृषकहरुले लगाएतको मकैखेतीमा क्षति पु¥याएको समेत उनले बताए ।