भारतमा फेरि दुई सातालाई थपियो लकडाउन

Author Logo..
२०७७ बैशाख १९ गते शुक्रवार

काठमाडौं : भारतमा लकडाउन फेरि थपिएको छ। यही मे ३ तारिखमा सकिन लागेको लकडाउनलाई भारत सरकारले शुक्रबारै १७ मेसम्म जारी राख्ने निर्णय लिएको हो।  भारतको केन्द्रीय सरकारका अनुसार यी १४ दिनसम्म रेड जोन घोषित क्षेत्रमा कुनै किसिमको सुविधा र छुट दिइने छैन। भारत सरकारले थपिएको लकडाउनमा पनि रेल र बस संचालनमा लगाइएको प्रतिबन्ध जारी राखेको छ। स्कुल, कलेज पनि खुल्ने छैनन्। 

ओरेन्ज र ग्रीन जोनमा थोरै सहुलियत दिइने भएको छ। लकडाउन बढाउनुअघि प्रधानमन्त्री नरेन्द्र मोदीले शुक्रवार उच्चस्तरीय बैठक गरेका थिए।  करिब अढाई घण्टासम्म चलेको यस बैठकपछि भारत सरकारले लकडाउन बढाउने निर्णय लिएको हो। यो बैठकमा गृहमन्त्री अमित शाह, वित्तमन्त्री निर्मला सीतारमण, चिफ फ डिफेन्स स्टाफ विपिन रावत, रेलमन्त्री पीयूष गोयलसहित सचिवतहका अन्य कर्मचारी पनि सहभागी थिए। 

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार