ब्राउन सुगर सहित एक जना पक्राउ

Author Logo..
अनलाइन राप्ती २०७७ साउन ११ गते आइतवार


तुलसीपुर  : ईलाका प्रहरी कार्यालय तुलसीपुरले ब्राउन सुगर सहित एक जना पक्राउ गरेको छ । पक्राउ पर्नेमा घोराही ११ का ३० बर्षीय कृष्ण बिक रहेको ईप्रका तुलसीपुरले जनाएको छ । तुलसीपुर १८ दुधरासमा लागु औषध ब्राउन सुगर बिक्री वितरण भईरहेको भन्ने गोप्य सुचनाको आधारमा ईप्रका तुलसीपुरका प्रहरी निरीक्षक चक्र बहादुर डमरपालको कमाण्डमा गएको प्रहरी टोलीले आइतवार दिउँसो ४ बजेतिर पक्राउ गरेको प्रहरीले जनाएको छ ।

विक साथबाट ०.३४० ग्राम लागु औषध ब्राउन सुगर र मनोद्धिप औषधीको ३० ट्यावलेट ट्रामाडोल फेला पारी थप अनुसनधान भईरहेको प्रवक्ता डमरपालले जानकारी दिए । त्यसैगरी शनिवार राति १० बजेतिर तुलसीपुर ५ दिपा थापाले संचालन गरेको पष्पुद्धिप सपिङ सेन्टरको सटरको ताला फोडी पसल भित्र रहेका जुत्ता, चप्पल , कपडा लगाएत सामान चोरी गरेको आरोपमा ४ जनालाई नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार