बुटवलमा साढे २८ किलो लागू औषध चरेस सहित २ जना पक्राउ

Author Logo..
अनलाइन राप्ती २०७८ असार २६ गते शनिवार

 

दाङ :  बुटवलमा साढे २८ किलो लागूऔषध चरेस सहित २ जना ब्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा बाग्लुङ बढिगाँउ गाउँपालिका ८ बस्ने ३६ वर्षीय रोहित राना र सोही ठाउँका ६३ वर्षीय जीवन पुन रहेको लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङले जनाएको छ । शुक्रवार साँझ करिब सवा ६ बजेतिर बुटवल उपमहानगरपालिका ११ देबिनगर स्थित नमस्ते पथ केएफसी पिज्जा हबमा चरेसको कारोबार भई रहेको भन्ने सूचनाको आधारमा लुम्बिनी प्रदेश अनुसन्धान समुह (आरआइटी) टोलीले २८.५ किलो लागू औषध चरेस सहित उनीहरुलाई पक्राउ गरेको कार्यालयले जनाएको छ । साथै प्रहरीले लु २५ प ६५४४ नम्बरको स्कुटर पनि नियन्त्रणमा लिएको जनाएको छ । पक्राउ परेकामा माथि थप अनुसन्धान कार्य भैरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार