बाँकेमा ब्राउन सुगर सहित एक ब्यक्ति पक्राउ

Author Logo..
अनलाइन राप्ती २०७८ जेष्ठ ११ गते मङ्गलवार


दाङ : बाँकेमा प्रहरीले लागू औषध ब्राउन सुगरसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा बाँकेको नरैनापुर गाउँपालिका २ बेउचहवा बस्ने करिब ५५ वर्षीय नौरंगीलाल सुनार रहेको लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङले जनाएको छ । वडा नं. २ मा रहेको आदर्श मा.बि.नजिकै बाटोमा हिडिरहेको अवस्थामा शंका लागि चेकजाँच गर्ने क्रममा सुनारको साथबाट करिब ४७ ग्राम ब्राउन सुगर फेला परेको जनाएको छ । उनलाई सोमवार करिब ४ बजेतिर प्रहरीले पक्राउ गरेको जिप्रका बाँकेबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार