दाङ : ‘शिक्षा, स्वास्थ्य र सुरक्षित आवासमा लगानी समृद्ध बंगलाचुलीको बिहानी ’ भन्ने मूलनाराका साथ शनिवार बंगलाचुली गाउँपालिकाले आर्थिक वर्ष २०७८/७९ को नीति तथा कार्यक्रम शनिवार सार्वजानिक गरेको छ । गाउँपालिकाले आगामी आर्थिक वर्षका लागि शिक्षा, स्वास्थ्य, र सुरक्षित बसोबास निर्माणको योजनालाई प्राथामिकतामा राखेको छ । गाउँपालिका अध्यक्ष भक्त बहादुर वलीले उक्त अवसरमा नीति तथा कार्यक्रम प्रस्तुत गरे । गाउँपालिकाले आगामी आर्थिक वर्षका लागि शिक्षा, स्वास्थ्य र सुरक्षित आवासलाई आगामी आर्थिक वर्षको मुख्य प्राथामिकतामा राखेको छ । सीपयुक्त दक्ष जनशक्ति उत्पादनका लागि तालिम तथा बहु विद्या प्राविधिक शिक्षाको नीति निर्माण गर्नुका साथै विपन्न, द्वन्द्व पीडित अपाङ्ग र शहीद परिवारका छोराछोरी जेहनदार विद्यार्थीहरू डाक्टर, पाइलट र इन्जिनियर अध्ययनका लागि एक विशेष छात्रवृत्ति प्रदान गरिने, सामुदायिक विद्यालयको शैक्षिक सुधार गर्दै वैज्ञानिक, सीपमूलक , गुणस्तर शिक्षा प्रदान गर्न बंगलाचुली शैक्षिक सुधार कार्यक्रम समेत सञ्चालन गरिने नीति तथा कार्यक्रम तय गरेको छ । त्यस्तै गाउँपालिकाले आगामी आर्थिक वर्षदेखि सबै वडामा आधारभुत स्वास्थ्य सञ्चालन तथा गुणस्तरीय , स्वास्थ्य सेवामा आम नागरिकको सहज पहुँच स्थावित गर्न आवश्यक पूर्वाधार, जनशक्ति व्यवस्थापन गर्दै बंगालचुली अस्पताल विशेषज्ञ चिकित्सक सहितको नमूना अस्पतालका रुपमा विकास गरी सञ्चालन गरिने तय गरेको छ ।
त्यस्तै गाउँपालिकाले जेहनदार लक्षित तथा विपन्न वर्ग समुदायका बेरोजगार युवाहरू सरकारी सेवामा आकर्षित गर्न लोकसेवा आयोगको तयारी कक्षा सञ्चालन गरी सरकारी सेवामा प्रोत्साहन गरिने छ । त्यस्तै गाउँपालिकाको ‘सुरक्षित घर सबैको रहर’ भन्न्ने मूलनारा आत्मसाथ गर्दै गरिबीको रेखामुनि रहेका नागरिकको जीवनस्तर सुधार, सभ्यता विकास र सामाजिक रूपान्तरणका लागि खरको छानो विस्थापन कार्यक्रम सञ्चालन गरी खर छानो मुक्त पालिका निर्माण गरिने भएको छ । त्यस्तै स्थानीय उत्पादन र कृषि क्षेत्रको विकासका लागि एक गाँउ एक उत्पादन, एक वडा एक कृषि प्राविधिक व्यवस्थापन गरी कृषि क्षेत्रको विकास फष्टाउँदै लैजान र कृषि क्षेत्रको बढिभन्दा बढि किसानलाई आकर्षित गर्दै एक वडा एक अन्न भकारी कार्यक्रम सञ्चालन गरिने । त्यस्तै जनयुद्ध र जनआन्दोलनका पीडित र उनका परिवारका राष्ट्र योगदान गरे वापत मासिक दुईसय रुपैयाँ प्रोत्साहन भत्ताको व्यवस्थापन गरिने छ । पैत्रिक सम्पत्तिमा छोराछोरी समान अधिकार प्रदान गर्ने परिवारलाई गाउँपालिकाको सम्मानको व्यवस्थापन गर्ने छ । उक्त कार्यक्रमको सहजीकरण गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत तथा सभा सदस्य सचिव नेवबहादुर वलीले गरेका थिए । सभाको अध्यक्ष गाउँपालिकाका ज्येष्ठ नागरिक देवीराम सारू मगरले गरेका थिए ।