
घोराही, माओवादी सशस्त्र द्धन्द्धका क्रममा बन्दुक र बारुद्धसँग खेलेका जेपी चौधरीको दैनिकी अहिले बदलिएको छ । द्धण्दका क्रममा बन्दुक र बारुद्धसँग खेलेका उनी देवीदेवता मुर्ति बनाउँदै रमाएका छन् ।
शान्ति प्रक्रियासँगै सेनाबाट वाईसियल हुँदै सामन्य नागरिकको जीवन यापनमा लागेका चौधरीले केही बर्ष घोराही उपमहानगरपालिका १७ गैरागाउँमा बंगुरपालन गरे । तर बंगुरपालनमा राम्रो आम्दानी गर्न नसकेपछि उनी आफ्ना साढु दाईको सहयोगमा मुर्तिकलामा लागे । दश बर्षीय सशस्त्र द्धन्द्धका क्रममा ८ बर्ष माओवादीको जनमुक्ति सेना भएर लडेका चौधरी विगत ६ बर्षदेखि विभिन्न भगवानका मुर्तिहरु बनाउँदै आएका छन् ।

चौधरीले घोराही उपमहानगरपालिका ५ धर्नामा रहेको पाण्डवेश्वर महादेव मन्दिरमा ठुलो ढुङगा कुदेर भगवान शिवको मुर्ति बनाउन लागेका छन् । उनले धारपानीमा ढुङगा कुदेर १ सय ८ शिवलिंग, लगाएत मुर्तिहरु समेत निर्माण गरिसकेका छन् । दाङको घोराही उपमहानरपालिका ५ का चौधरीले धारापानी मन्दिरसँगै घरमा पनि मुर्ति बनाएर बेच्दै आएको बताए ।
धारापानीमा अधिकांस मुर्तिहरु ढुङगा कुदेर बनाएको छु, घरमा बनाउँदा माटोसँगै बालुवा, छड, सिमेन्ट लगाएतका सामग्रीबाट उनले बताए । उनले जिल्लाका विभिन्न विद्यालयहरुका लागि समेत सरस्वतीको मुर्ति बनाई सकेका छन् । मुर्ति बनाउने काम सानैदेखि रुचि भएपनि विभिन्न कारण व्यवसायीक रुपमा गर्न नसकेको उनले बताए । माओवादी सेनामा जानुभन्दा पहिले चौधरीले नेपाल प्रहरीमा जागिर खाएका थिए । करिव डेढ बर्ष नेपाल प्रहरीमा रहेर काम गरेपछि उनले जागिर छोडेको बताए ।

प्रहरीको जागिर छोडेर चौधरी करिव ६ महिना घर बसेपछि माओवादीको जनमुक्ति सेनामा गए । माओवादी सेनामा रहदाँ रुकुमको खारा, अर्घाखाचीको बतासे डाँडा लगाएतका ठाउँहरुमा लडेको उनले बताए । माओवादीमा लागेपछि गरिवी हटाउने, स्वदेशमै रोजगारीको अवसर दिने लगाएतका आश्वशन पाएपछि माओवादीमा लागेर ८ बर्ष बिताएका चौधरी शान्ति प्रक्रिया पछि भने पुन बेरोजगार बन्न पुगे ।
‘माओवादी आन्दोनका क्रममा त देश र जनताको परिवर्तनका लागि भनेर लडियो, घर परिवारको चिन्ता भएन ,उनले भने ,‘तर शान्ति प्रक्रिया पछि अवस्था फेरियो, सेनाबाट संगठन निर्माणका लागि बाहिर पछि केहीसमय पार्टीले खर्च दिने गरेको थियो, तर पहिलो संविधानसभाको निर्वाचनपछि त्यो पनि दिन छोड्यो । विगत ६ बर्षदेखि मुर्ति बनाउँदै दैनिकी चलाउँदै आएको बताए ।

माटो,बालुवा,छड,सिमेन्टबाट भन्दा ढुङगाबाट मुर्ति बनाउने गाह्रो र समय समेत धेरै लाग्ने उनले बताए । ढुङ्गा कुदेर भागवानका मुर्ति बनाउन अब्बल चौधरी माटो, सिमेन्ट,बालुवा लगाएतको प्रयोग गरेर विभिन्न देवीदेवताका मुर्तिसँगै शहिद,साहित्यकार जनावर लगाएतका मुर्ति समेत बनाएको उनले बताए ।
दाङको प्रशिद्ध धार्मिक स्थल पाण्डवेश्वर धाम धारपानीमा शिवको मुर्ति कुट्दै गरेका उनले भने,‘ काम मेहनतको भए पनि सिप र मेहनत अनुसारको आम्दानी हुन्छ ।’

उनले आफु जस्तै अन्य युवाहरुलाई मुर्तिकलामा सिप सिकाउँदै आएको समेत बताए । चौधर संगै रोजगारी गर्ने कपिलबस्तु बाणगंगा नगरपालिकाका रबिन्द्र बिश्वकर्माले पहिलेको होटल ब्यबसाय छोडेर मुर्ति बनाउने पेशामा आएको र यो पैशामा आफु निकै सन्तुष्ट रहेको बताए ।
अरुले बनाएको हेरेर आफुले बनाउन सिकेको समेत उनले बताए । सिमेन्ट भन्दा ढुङगाको मुर्ति बनाउन धेरै गाह्रो हुने उनको भनाई छ ।