पत्रकार महासंघ दाङमा पत्रकार र फ्रन्टलाइनरका लागि आइसोलेसन स्थापना गर्ने

Author Logo..
अनलाइन राप्ती २०७८ बैशाख २० गते सोमवार


दाङ :  नेपाल पत्रकार महासंघ दाङ शाखाको भवनमा कोरोना संक्रमित पत्रकार र फ्रण्टलाइनरहरुको लागि आइसोलेसन स्थापना गरिने भएको छ । महासंघको सोमबार बसेको अनलाइन बैठकले पत्रकारका लागि तत्काल अक्सिजनसहितका ५ शैया तयार गर्ने निर्णय गरेको हो ।महासंघका अध्यक्ष दुर्गालाल केसीको अध्यक्षतामा बसेको बैठकले दिनहुँ कोरोना संक्रमितहरुको संख्या बढ्दै जाँदा अस्पतालमा शैया पाउन कठिन भैरहेकोले पत्रकारलाई सहजरुपमा उपचार गर्ने वातावरण मिलाउन आइसोलेसन स्थापना गर्ने निर्णय गरेको हो ।

यसैगरी बैठकले पत्रकार जस्तै दिनरात कोरोना महामारीमा खट्ने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी लगाएतका फ्रन्टलाइनरहरुलाई पनि आइसोलेसन अभाव हुन सक्ने कुरालाई मध्यनजर गर्दै आवश्यक पर्न बित्तिकै महासंघको भवन आइसोलेसनका लागि उपयोग गर्न दिने निर्णय गरेको छ । आइसोलेसन स्थापनाका लागि आबश्यक सामग्री, उपकरण र जनशक्ती व्यवस्थापन गर्न बिभिन्न सहयोगी निकायहरुसँग समन्वय गर्ने निर्णय गर्दै बैठकले स्थानीय तह, स्वास्थ्य संस्था, बिभिन्न व्यवसायीक तथा सामाजिक संघसंस्था र व्यक्तीहरुलाई आबश्यक सहयोगका लागि अपिल गरेको महासंघका सचिव आरके शितलले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार