नेपाल पक्षको स्थायी कमिटि बैठक बस्दै, ओलीको प्रस्तावबारे छलफल गर्न

Author Logo..
अनलाइन राप्ती २०७८ जेष्ठ २४ गते सोमवार

 

काठमाडौं : नेकपा एमालेको माधवकुमार नेपाल– झलनाथ खनाल पक्षले स्थायी कमिटीको बैठक बोलाएको छ । प्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टी एकताका लागि राखेका प्रस्तावबारे छलफल गर्न नेपाल-खनाल पक्षले बैठक बोलाएको हो । बैठक सोमबार बिहान ११ बजे भर्चुअल मार्फत छलफल गर्न लागेका हुन्। आइतबार प्रधानमन्त्री  एवम् नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई २०७५ जेठ ३ पूर्वको अवस्था अवस्थाबाट अघि बढाउन आफू तयार रहेको बताएका थिए । प्रधानमन्त्री ओलीले आइतबार बेलुका विज्ञप्तीमार्फत ६ बुँदे प्रस्ताव राखेका थिए । ओलीको प्रस्तावप्रति एकीकृत धारणा बनाउन नेपाल-खनाल पक्षले आज स्थायी कमिटी बैठकमा छलफल गर्न लागेको हो । स्थायी कमिटि बैठकमा छलफल गरेपछि अध्यक्षको प्रस्तावका सम्बन्धमा आफूहरुको धारणा सार्वजनिक हुने उनले बताए ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार