नेपाल टेलिकम वर्कर्स युनियनको वृक्षारोपन सम्पनन

Author Logo..
अनलाइन राप्ती २०७७ साउन ६ गते मङ्गलवार


तुलसीपुर ६ साउन  : नेपाल टेलिकम दुरसंचार वर्कर्स युनियनको २९औं बार्षिकत्सवको अवसर पारी मंगलबार बबई गाँउपालिकामा रहेको नेपाल टेलिकमको जग्गामा बृक्षारोपन कार्यक्रम सम्पन्न भएको छ ।  नेपाल टेलिकम दुरसंचार वर्कस युनियन इकाई तुलसीपुरका अध्यक्ष शिवराज भण्डारीको अध्यक्षता एवं नेपाल टेर्ड युनियन दाङका अध्यक्ष तिर्थराज न्यौपानेको प्रमुख आतिथ्यतामा सम्पन्न बृक्षारोपन कार्यक्रमा

नेपाल टेलिकम वर्कर्स क्षेत्रीय समितिका सल्लाहार दिलबहादुर के.सी क्षेत्रीय उपाध्यक्ष एवं नेपाल टेर्ड युनियन दाङका सदस्य गुरु प्रसाद तिवारी,नेपाल सार्वजनिक सेवा कर्मचारी संघ दाङ जिल्ला सदस्य लिल बहादुर सुनार,इन्जीनियर विजय न्यौपाने लगाएतकाले श्रमिकहरुको संगठनले पेशागत हकहितका साथै सामाजिक उत्तरदायित्व र बातावरण मैत्री कार्यक्रम गरीराख्नु पर्ने बताउदै श्रावण ६ गते महामानव विपी कोइरालाको स्मृती दिवस परेकाले उहाँँको योगदानको चर्चा गर्दै शुभकामना मतव्य व्यक्त गरे ।

नेपाल टेलिकम वर्कर्स युनियन इकाई तुलसीपुरकी कोषाध्यक्ष भिमकुमारी डाँगीको स्वागत मतब्यबाट सुरुभएको कार्यक्रमको सहजीकरण सचिव हरीश केसीले गरेका थिए । उक्त अवसरमा एक सय बढि विभिन्न जातका फलफूलका विरुवा रोपिएको छ ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार