नेपाल आज जोर्डनसँग खेल्दै

Author Logo..
अनलाइन राप्ती २०७८ जेष्ठ २४ गते सोमवार

काठमाडौं : फिफा विश्वकप–२०२२ तथा एसियन कप–२०२३ अन्तर्गत दोस्रो चरणको छनोटमा नेपालले आज बलियो टिम जोर्डनसँग प्रतिस्पर्धा गर्दैछ । कुवेत सिटी स्थित जाबेर अल अहमद अन्तराष्ट्रिय स्टेडियममा राती ९ः४५ सुरु हुने खेलमा नेपालले जोर्डनसँग खेल्न लागेको हो । नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताईरीले टिमको लक्ष्य जित निकाल्ने रहेको बताएको छ । अघिल्लो खेलमा चाईनिज ताईपेलाई २–० ले हराएको नेपाल उच्च मनोबलसहित मैदान उत्रने देखिएको छ । छनोटको समूह ’बी’ मा रहेको नेपालले ६ खेलमा ६ अंक जोडेको छ । नेपाल तालिकाको चौंथो स्थानमा रहेको छ । जोर्डन ५ खेलमा १० अंक जोडेर तेस्रो स्थानमा रहेको छ । नेपालले विश्वकप छनोटको तेस्रो चरणमा पुग्ने मौका गुमाईसकेको छ । तर नेपाललाई बाँकी खेलमा जित निकाल्दै एसियन कप छनोटको तेस्रो चरणमा स्थान बनाउने अवसर रहेको छ । विश्वकप छनोट अन्तर्गत नै नेपाल जोर्डन संग सन् २०११ को जुलाईमा भएको खेलमा ९–० ले पराजित भएको थियो । तर, २०११ को जुलाई २८ मा नेपालमा भएको खेलमा नेपालले जोर्डनलाई १–१ गोलको बराबरीमा रोकेको थियो ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार